मापदण्डविपरित खोटो संकलनले मासिदै सल्लेरी वन

मापदण्डविपरित खोटो संकलनले मासिदै सल्लेरी वन

बैतडी : जिल्लाको अधिकांश सामुदायिक वनमा खोटो संकलन गर्दा वन मासिदै गएका छन्। सल्लेरी वनमा जथाभावी खोटो संकलन गरिने भएकाले वन मासिदै गएका हुन्। सामुदायिक वनले तत्कालको फाइदा हेर्दा सल्लेरी वन मासिदै गएको सिगास गाउँपालिका-१ का केशवदत्त जोशीले बताए। उनले भने, 'खोटो संकलनले वन मासिदै गएका छन्। खोटो मात्रै संकलन हुन्छ। वृक्षारोपणको काम हुँदैन। यसले गर्दा रुखको आयु छोटिदै जान्छ।'

सामुदायिक वनमा दीगो व्यवस्थापनका कार्यक्रम सञ्चालन नगरिकनै खोटो संकलन गर्ने कार्य भइरहेको सिगास १ का राम बिष्टले बताए। उनले भने, 'खोटो संकलनको अनुमति लिँदा मापदण्ड पूरा गर्ने भनिएपनि फिल्डमा त्यसो हुन सकेको छैन्।
जसले गर्दा सल्लेरी वन नष्ट हुँदै गएका छन्।

खोटो संकलनका कारण सल्लेरी वनमा आगलागीका घटना पनि बढ्दै गएका छन्।बैतडीमा विभिन्न चारवटा कम्पनीले अनुमति लिएर विभिन्न सामुदायिक वनमा खोटो संकलन गरिरहेका छन्।

कम्पनीले खोटो संकलनका सबै मापदण्ड पूरा गरेर खोटो संकलन गरिरहेको भनिए पनि फिल्डमा भने त्यसो देखिएको छैन। खोटो संकलन हुने वनमा आगलागीको जोखिम पनि बढी छ। खोटो संकलन हुने वनमा आगोले प्रत्येक वर्ष क्षति पुर्‍याउँदै आएको छ।

सल्लाका साना बोट हुर्कनै पाएका छैनन्।पाटनका विनोद बिष्टले भने, 'सल्लेरी वनमा यसै हिसाबले खोटो संकलन हुँदै जाने हो भने वन नष्ट हुने कुरामा दुईमत छैन्।' बैतडीको कुल १ लाख ४८ हजार ३७८ हेक्टर जमीनमध्ये ५८ प्रतिशत जमीनमा वन क्षेत्र रहेको छ। तर पछिल्लो समयमा विभिन्न कारणले वन क्षेत्र मासिदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.