'आँधीखोलामा पानीजहाजको संभावना छ '

'आँधीखोलामा पानीजहाजको संभावना छ '

स्याङ्जा : नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले स्याङ्जाको आँधीखोलामा मध्यम खालको पानीजहाज चल्ने संभावना रहेको बताएका छन्। वालिङ् नगरपालिकामा निर्मित तीन आयामिक (थ्री डी) नक्सांकन र एनोभेसन सेन्टरको उदघाट्न कार्यक्रममा मुख्य सचिव रेग्मीले यस्तो बताएका हुन्।

आँधीखोले सभ्यतालाई अझैं विस्तार गरी बृहत परियोजनासँगै अघि बढ्नु पर्नेमा उनले जोड दिए। सचिव रेग्मीले ठूला परियोजना थालनी गर्दा सुरुमा अस्वभाविक, महत्वाकांक्षीजस्ता देखिएता पनि कालान्तरमा त्यो सम्भव हुनेमा दावी गरे।

स्याङ्जाका वालिङ, भीरकोट र गल्याङ नगरपालिकालाई समेटेर आँधी किनारमा एकिकृत बस्ती विकास गर्नुपर्ने लगायत सुबिधासम्पन्न होटल तथा रेष्टुरेन्टको स्थापना, माछा पालन, माथिल्ला भेगमा फलफूल, तरकारी र पशुपंक्षी पालन गरेर आँधीखोलामा जलविहारको दीर्घकालिन योजना बनाउन मुख्य सचिव रेग्मीले सुझाव दिए। 

'स्मार्ट सिटीको कार्यान्वयनमा रहेको वालिङ् नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउन आफू लागिपर्ने छु,' सचिव रेग्मीले भने, 'वालिङ्मा औधोगिक ग्राम, गहौंसुरमा केवुलकार, भीरकोटको स्वरेकलाई प्याराग्लाइडिङको गन्तव्यस्थल बनाउन आफ्नो प्रयास जारी रहनेछ।'

मुख्य सचिव रेग्मीको जन्मथलो पनि वालिङ नगरपालिका नै हो। उनी मुख्य सचिव भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा गृह जिल्ला आएका हुन्। बजेटले देशका ८० वटा सडक तथा राष्ट्रिय राजमार्ग निर्माणमा सम्बोधन गरेपनि स्याङजाका लागि भने कुनै योजना नपरेको उनले बताए।सिद्धार्थ राजमार्गलाई दुई लेन बनाउन सरकार लागिपरेको बताउँदै जिल्लाको विकासमा सबैको सहकार्य र एकता आवश्यक हुनेमा जोड दिए।

यसैबीच, वालिङ नगरपालिका १० निवासी भारतीय पूर्व सैनिक लोकबहादुर मल्ललाई सम्मान गरिएको छ । मल्लले नगरपालिकाको थ्री डी मोडल तयार पारेको भन्दै उनलाई सम्मान गरिएको हो। 

कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, भीरकोट नगर प्रमुख छायाँराम खनाल, वालिङ् उपप्रमुख कल्पना तिवारी, शिक्षा अधिकृत बाबुराम सापकोटा, नेकपा वालिङ अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली कांग्रेस कार्यवहाक नगर सभापति भीमलाल सुबेदी, समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य टिकाराम रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, राप्रपाका द्रोणबहादुर गुरुङ, इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्मा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेललगायतले रेग्मीलाई जिल्लाका लागि दीर्घकालिन विकासे योजना संचालनको माग गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.