बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाजुराः जिल्लाको जगनाथ गाउँपालिकामा सोमबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। गाउँपालिकाका बेरोजगारा १ सय ३५ जनाले रोजगारी पाएका छन्। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको घेरवारको शिलान्यास गरेर कार्यक्रमको सुभारम्भ गरेको रोजगार संयोजक लक्ष्मण जोशीले बताए।

कार्यक्रममा जगनाथ गाउँपालिकाका छ वडाका वडाअध्यक्ष, वडा सचिव, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो।  कार्यक्रममा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयमा काम गरिने जगनाथ नगरपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए।

त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार आयोजनाको ढाँचा, आयोजना छनौट गर्दा प्राथमिकतामा राख्नुपर्ने आयोजनाका प्रकार, स्थानीयस्तरमा आयोजनाको कार्यान्वयन, समन्वय, अनुगमन, निर्देशन र संयोजन, बजेट व्यवस्थापनका तथा रोजगार व्यवस्थापन सूचना प्रणाली जस्ता विषयमा छलफल गरी कार्यक्रमको शुभारम्भ गरिएको जोशीले बताए। 

आयोजनाका प्रकारअन्तर्गत सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजना रोजगार कार्यक्रममा रहेका छन्। 

वडास्तरबाटै छनोट गरेको र वडास्तरमै कार्यक्रम गरिने बताएको छ। नेपाल सरकारको मापदण्डका आधारमा रोजगार कार्यक्रमका लागि ६ वडाबाट जम्मा १ सय ३५ जना छनौट गरिएको छ। जसमा वडा न १ बाट २३ जना, वडा न २ बाट २२ जना, वडा न ३ बाट २२ जना, वडा न ४ बाट २३ जना, वडा न ५ बाट २२ जना, वडा न ६ बाट २३ जना जम्मा १३५ जना रहेको संयोजक जोशीले जानकारी दिए। 

कामदारले प्रतिदिन ५ सय १७ रुपैयाँका दरले दैनिकी ज्याला पाउने छन्। यस वर्ष छनौट भएका कामदारले ३० दिन काम गर्नुपर्ने, बैंक खाता अनिवार्य र उनीहरूले काम गरेको पारिश्रमिक बैंक खातामा जम्मा गरिने बताएको छ। यस वर्षका लागि गाउँपालिका- १ मा सरस्वती माविको घेरवार, २ मा सामुदायिक स्वास्थ्य इकाइको फिल्ड निर्माण र घेरवार, ३ को महादेव माणुको घेरबार र गेट निर्माण, ४ मा थारीकाँडा खानेपानी निर्माण र पाइपलाइन मर्मत र धारा निर्माण,  ५ र ६ को देवलकोट माविको फिल्ड र घेरवार निर्माण रहेको छ। त्यसैगरी गाउँपालिकाको घेरवार रहेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए।

त्यस्तै, गौमुल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यकमको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले शुभारम्भ गरेका हुन्। कार्यक्रम अन्र्तगत गौमुल गाउँपालिकाका १ सय ८० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको अध्यक्ष रोकायाले बताए। 

गाउँपालिकाले शिक्षण संस्था निमार्णदेखि गोरेटो बाटो निमार्णमा १ सय ८० जना कामदारलाई १ महिने रोजगारी दिएको छ । यस्तै शिक्षण संस्था निमार्णमा ३० जना, विद्युत निमार्णको काममा ३० जना र गोरेटो बाटो निमार्णमा १ सय २० जना गरी जम्मा १ सय ८० जनालाई रोजगारी दिइएको छ। 

रोजगारीमा गाउँपालिकाले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई छनोट गरी रोजगारी दिइएको उपाध्यक्ष सीता थापाले जानकारी दिइन्। मंगलबारबाट गाउँपालिका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.