प्रदेश सरकार भ्रष्टाचारमा लिप्त : माधव नेपाल
मलंगवाः नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । नेकपा पार्टी कार्यालयको उट्घाटन गर्न बुधबार मलंगवा आएका नेता नेपालले प्रदेश सरकारका मन्त्रीले सरकारी पैसामा लुट मच्चाएको आरोप लगाए ।
सय प्रतिशत काममा ७५ प्रतिशत रकम गोजीमा र २५ प्रतिशत रकम मात्र काममा लागउने गरेको उनले ठोकुवा गरे । कम पैसा लगानी गरी ब्रम्हलुट गरेपछि काम पनि गुणस्तरहिन हुने उनको भनाइ छ । मधेशमा टाढाबाठाले गरिबलाई ठग्ने गरेको उनको आरोप छ ।
‘६ वटा प्रदेशमा हाम्रो पार्टीको सरकार छ’, नेता नेपालले भने, ‘यहाँ मात्र हाम्रो उपस्थिति छैन । हाम्रो पार्टीले चलाएको प्रदेश र प्रदेश नं. २ मा धेरै अन्तर छ ।’