सर्लाहीमा ११७ लाई रोजगार
मलंगवा : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सर्लाहीको बागमतीमा एकसय १७ जनाले रोजगारी पाएका छन्। रोजगार कार्यक्रमका लागि फारम भरेका ९ सय ९५ जना मध्ये एकसय १७ जना छनोट गरि रोजगार प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
दैनिक पाँचसय १७ रुपैयाँ ज्याला दिएर एक महिनासम्म विकास निर्माणका काममा लगाउने नगरपालिकाले जनाएको छ। नगपालिका प्रमुख भरतकुमार थापाका अनुसार वडा अध्यक्षको मातहतमा राखेर काम लागाइने छ।
आर्थिक वर्षको अन्त्यतिर कार्यक्रम सञ्चालन भएकाले एक महिना मात्रै काममा लगाउन सकिने उनको भनाइ छ।