आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानमाथि अस्ट्रेलियाको जित

आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानमाथि अस्ट्रेलियाको जित

लन्डन : आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत बुधबार भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ। अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो। साविक विजेता अस्ट्रेलियाले दिएको तीन सय आठ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ६६ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले ५३ रन बनाए। उनले ७५ बलमा सात चौका हिर्काए। अन्तिमसम्म संघर्ष गरेका कप्तान सरफराज अहमदले ४० रन बनाए। यसैगरी मोहमद हाफिजले ४६, वहाव रियाजले ४५, हसन अलीले ३२, बाबर आजमले ३० र आसिफ अलीले पाँच रन बनाए।

अस्ट्रेलियाका प्याट कुमिन्सले तीन विकेट लिए। यस्तै मिचेल स्टार्क र केन रिचर्डसनले दुई÷दुर्ई प्राप्त गरे। यसैगरी नाथन कल्टर नाइल र आरोन फिन्चले एक÷एक विकेट हात पारे।

यसअघि काउन्टी ग्राउन्डमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो। प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर र एरोन फिन्चले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्‍याएका थिए। उत्कृष्ट सुरुवातका बाबजुद पनि अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै तीन सय सात रन मात्र बनाउन सक्यो।

कप्तान फिन्च ८२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएपछि अस्ट्रेलियाको विकेट पतन सुरु भएको थियो। फिन्चले ८४ बलमा चार छक्का र ६ चौका प्रहार गरे। अर्का प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले भने शतकीय पाली खेले। उनले एक सय सात रन बनाए। एक सय ११ बल खेलेका वार्नरले एक छक्का र ११ चौका हिर्काए। यसैगरी सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०, उस्मान ख्वाजाले १८ र स्टेभन स्मिथले १० रन बनाए। पाकिस्तानका मोहमद अमिर एक्लैले पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडल राख्दै ३० रन खर्चेर पाँच विकेट हात पारे। यसैगरी साहिन अप्रिदीले दुई तथा हसन अली, वाहव रियाज र मोहमद हाफिजले एक÷एक विकेट हात पारे।

जारी विश्वकपमा साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराउँदै सफल सुरुवात गरेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको अस्ट्रेलियाले तेस्रो खेलमा भने भारतलाई ३६ रनले नतिजा सुम्पिएको थियो।

यसैगरी पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। अर्को खेलमा घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले श्रीलंकाविरुद्धको खेल वर्षाले प्रभावित बनाएपछि एक÷एक अंक बाँडेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.