एनआरटीको सुखद सुरुआत

एनआरटीको सुखद सुरुआत

काठमाडौं : एनआरटी क्लबले ललित स्मृति यू– १८ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको उद्घाटन खेलमा एनआरटीले च्यासल युवा क्लबलाई ४–१ गोलले हरायो। एनआरटीको जितमा रेजन माझीले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए। त्यसपछि ४४औं मिनेटमा च्यासलका सेरब लो तामाङले बराबरी गोल फर्काएका थिए।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा एनआरटीले सानदार प्रदर्शन गरेको थियो। दोस्रो हाफमा तीन गोल गरेको एनआरटीका लागि कृतिशरत्न छुन्जुले ५४औं मिनेटमा गोल गरे। ८१औं मिनेटमा सुशान शर्मा धितालले पेनाल्टीमार्फत एक गोल गरे। ८७औं मिनेटमा विवेक राईले गोल गर्दै एनआरटीलाई सजिलै जिताएका थिए।

असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका छन्। सहभागी टोलीमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ, संकटा, सरस्वती युथ, फ्रेन्ड्स, च्यासल, हिमालयन शेर्पा, मच्छिन्द्र क्लब, ब्रिगेड ब्वाइज र एनआरटी छन्। लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूहको विजेता र उपविजेता तथा दुईवटा उत्कृष्ट तेस्रो टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट विधाका खेलाडीले पनि आकर्षक पुरस्कार हात पार्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.