ब्याडमिन्टनका उदीयमान प्रिन्स

ब्याडमिन्टनका उदीयमान प्रिन्स

काठमाडौं : नेपालका अधिकांश खेलाडीलाई खेल्न त आउँछ, तर बोल्न आउँदैन्। आफ्नै घरभित्र त बोल्न लजाउने प्रिन्स दाहालले बाहिर बोल्नुपर्‍यो भने के होला ? ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा पर्दा ड्यासमा बोल्ने पालो प्रिन्सको पनि आयो। तर उनको मुखबाट शब्द नै निस्केनन्।

त्यो मनोनयन घोषणाको कार्यक्रममा प्रिन्सको परिवारका सदस्य पनि उपस्थित थिए। प्रिन्सले बोल्न नसक्दा उनीहरू भने हाँसिरहेका थिए। एक प्रकारले त्यो अपेक्षित थियो। अहिले उनीहरूले योजना बनाएका, अब प्रिन्सलाई बोल्न पनि सिकाउनु पर्छ। धन्न प्रिन्सलाई उनीहरूले राम्रो खेल्न सिकाउनु परेन्। ब्याडमिन्टनका यी किशोर खेलाडीको र्‍याकेट भने पक्कै बोल्छ र त्यसैले उनलाई वर्ष २०७५ को एउटा चर्चित खेलाडी बनाएको छ।

नेपालमा धेरै लामो र समृद्ध इतिहास बोकेको खेलमा पर्छ, ब्याडमिन्टन। धेरै त्यस्ता किस्सा सुन्न पाइन्छ, जसमा नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा तहल्का मच्चाएका छन्। एउटा यस्तै एउटा क्षण वर्ष २०७५ मा पनि आयो। प्रिन्सले दुबईमा भएको जुनियर इन्टरनेसल सिरिजमा स्वर्ण पदक जिते। यो त्यस्तो उपलब्धि थियो, जसले उनलाई रातारात चर्चाको शिखरमा पुर्‍यायो। धेरैलाई भन्न कर लाग्यो, को हुन् यी ब्यान्डमिन्टनका प्रिन्स ?

दार्चुलामा जन्मिएका प्रतिभा हुन्, प्रिन्स। साँगामा रहेको नेपाल प्रहरीको स्कुलमा भर्ना भएपछि उनी ब्याडमिन्टनतिर यसरी तानिए कि यो नै उनको जीवनको सर्वाधिक महŒवपूर्ण हिस्सा बन्न पुग्यो। निकै मिहिनेती छन्, यी प्रिन्स। यही मिहिनेतले उनलाई सफल पनि बनायो र दिलायो, त्यही दुबईको सफलता। उनी आपैmं पनि भन्छन्, ‘मैले नेपालमा धेरै जितेँ। तर मलाई दुबईमा जितेको स्वर्ण विशेष लाग्छ।’

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतिष्ठित स्पोर्ट्स अवार्डसँग ब्याडमिन्टन खेलको पुरानो साइनो छ। ब्याडमिन्टनका खेलाडीले बरोबर यो अवार्डमा पुरस्कार जित्दै आएका छन्। प्रिन्स पनि पिपुल्स अवार्डका बलिया प्रत्यासी हुन्। स्पोर्ट्स अवार्डको यो विधामा पाँच प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा। सामाजिक सञ्जाल फेसबुक र एसएमएस मार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.