चीनको वैदेशिक व्यापार : ५ महिनामा १२१ खर्ब युआन

चीनको वैदेशिक व्यापार : ५ महिनामा १२१ खर्ब युआन

बेइजिङ : चीनको वैदेशिक व्यापार चालु आर्थिक वर्ष वृद्धि भएको छ। चीन–अमेरिका व्यापार द्वन्द्व चर्किरहेकै समयमा चीनको निर्यात र आयात भने गत वर्षको तुलना बढेको छ। चीनको भन्सार ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ को प्रथम ५ महिना (जनवरी–मे) मा चीनले १२१ खर्ब चिनियाँ युआन बराबर वैदेशिक व्यापार गरेको छ। 

यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशत बढी हो। यस अवधिमा चीन र अमेरिकाबीचको व्यापार भने ९.६ प्रतिशत घटेको छ। तर, युरोपेली संघ, आसियान, जापानलगायत मुलुकमा चीनको व्यापार वृद्धि भइरहेको छ। ५ महिनामा चीनको निर्यात ६५ खर्ब र आयात ५६ खर्ब युआन छ। बेल्ट एन्ड रोड सम्बद्ध मुलुकमा पनि चीनको वैदेशिक व्यापार वृद्धि ४.९ प्रतिशत पुगेको छ।

आन्तरिक बजार चलायमान भइदिँदा पनि चीनको व्यापारले गति लिएको छ। हालै सम्पन्न चिनियाँ पर्वत्वानवुचेको अवधिमा पर्यटनबाट प्राप्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको थियो। बिदामा उपभोग्यवस्तुको मात्रा पनि बढ्दै गएको छ। यसबाट चीनको अर्थतन्त्रसँग निहित शक्ति रहेको प्रतिबिम्बित हुन्छ। अमेरिकासँग व्यापार द्वन्द्व चर्कँदै गएको पृष्ठभूमिमा पनि चीनको व्यापार स्थिर रूपमा वृद्धि भएको छ। उच्च गुणस्तरीय विकास र खुलापन चिनियाँ अर्थतन्त्रको मुख्य विशेषता हो। चिनियाँ अर्थतन्त्रले विश्व अर्थतन्त्रलाई समेत प्रभावित बनाउने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.