स्तरीकरणको प्रक्रियामा पाँचतारे होटल

स्तरीकरणको प्रक्रियामा पाँचतारे होटल

काठमाडौं : निर्माण सकिएर सञ्चालन सुरु गरेका र औपचारिक उद्घाटनको तयारीमा रहेका नयाँ चारवटा पाँचतारे होटल स्तरीकरण हुने भएका छन्। पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमा होटलको स्तरीकरणका लागि आवेदन दिएका चारवटा होटलमध्ये काठमाडौं र काठमाडौंबाहिरका दुई÷दुई होटल रहेको पर्यटन विभागका अधिकृत नारायण भट्टराईले बताए।

उनका अनुसार निर्माण सकिएर भर्खर सञ्चालनमा आएको काठमाडौं नक्सालस्थित एभरेस्ट हस्पिटालिटी ग्रुप नेपालको म्यारिओट काठमाडौं र ठमेल छायाँदेवी सेन्टरमा रहेका अलफ्ट होटल छन्।

दुवै होटलको निर्माण सकिएको र पाँचतारे स्तरमा वर्गीकरण हुन आवेदन दिएका हुन्। यी दुवै होटलको स्थलगल निरीक्षण भइसकेकाले पाँचतारे अनुमति पाउने पर्यटन विभागको भनाइ छ। पाँचतारेको अनुमति मागेका काठमाडौंका दुवै होटलको संरचना र आवश्यक पूर्वाधार पूरा भएको देखिन्छ। अब ती होटललाई विभागले आवश्यक प्रक्रिया पूरा गरेर स्तरीकरण प्रमाणपत्र दिन बाँकी रहेको उल्लेख छ।

उपत्यकाबाहिर निर्माण भएको झापाको ग्रान्डी प्रिन्स, भैरहवाको पवन प्यालेस छन्। उपत्यकाबाहिर ८० कोठाभन्दा माथिको संरचनाबाट बनेको होटलले पाँचतारे अनुमति पाउँछन्।

पाँचतारे होटलका रूपमा निर्माण भइरहेका दजर्नभन्दा बढी होटल अबको केही समयपछि नै थपिनेछन्। पाँचतारेको रूपमा निर्माण भइरहेका राजधानीकै नक्सालको डबल ट्री हिल्टन र केसरमहलको काठामाडौंको शेराटन छन्। काठमाडौंबाहिर झापाको मेची क्राउन र इटहरीको होटल गरिमा पनि निर्माणको अन्तिम तयारीमा छन्। यी चारवटै निर्माणाधीन होटलले स्तर वर्गीकरणको अनुमति मागेका छैनन्। निर्माण सकिएपछि सञ्चालन गर्दा मात्रै स्तरीकरण गर्नुपर्ने हुन्छ। होटलले विदेशी मुद्रा सटही तथा पर्यटकीय सवारी सुविधा लिँदा अनिवार्य पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ। यसका लागि होटलले स्तरीकरण गर्ने र विभागबाट स्वीकृति लिने उल्लेख छ।

नेपाल पर्यटन वर्ष २०२० लक्षित नयाँ होटल खोल्ने र पर्यटकीयस्तरको सेवाका निम्ति आतिथ्यता उद्योगमा प्रतिस्पर्धा नै चलिरहेको छ। स्तरीय होटल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै पाँचतारे होटलको संख्या पनि बढिरहेको होटल संघ नेपालको भनाइ छ। हाल पर्यटन विभागबाट पाँचतारे होटलको अनुमति लिनेको संख्या १३ पुगेको छ।

जसमध्ये सञ्चालनमा भने ११ वटै मात्रै छ। पाँचतारे होटल पोखराको फूलबारी र काठमाडौंको एभरेस्ट भने हाल बन्द अवस्थामा छन्। यी बाहेक हाल सञ्चालनमा रहेका पाँचतारे होटलमा सोल्टी होटल, तारागाउँ रिजेन्सी (हायात), याक एन्ड यती, डेला अन्नपूर्ण, सांग्रिला, मल्ल, र्‍याडिसन, पोखरामा ग्रान्ड, टाइगरवान प्यालेस, सोल्टी वेस्टेन्ड प्रिमियर र सेन्ट्रल प्लाजा छन्।

पर्यटकीय वातावरण बन्दै गएकाले होटल निर्माण बढेको विभागको भनाइ छ। पर्यटकीय क्षेत्रलाई दृष्टिगत गरेर सबैतिर होटल निर्माण बढिरहेको छ। नेपालमा बढ्दै गएको विदेशी पर्यटकको संख्यासँगै होटल निर्माणले गति लिएको छ। ‘चार र पाँचतारे होटलमा बस्नेको पर्यटक अन्य स्तरीयको तुलनामा बढी देखिन थालेका छन्’, होटल संघ नेपालका महासचिव विनायक शाहले भने।

उनका अनुसार प्रशस्त मात्रामा नगर र सहरी इलाका बढेको छ। सहरी क्षेत्र बढेसँगै हुने व्यापारिक गतिविधिले हस्पिटालिटी सेवा केन्द्रित व्यवसाय पनि फस्टाउँदै गएको हो। ठूला तारे होटलमा अकुपेन्सी पनि बढी हुने उनको भनाइ छ। होटल क्षेत्रमा देखिएको सकारात्मक लगानीले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहज हुने र सोही अभियानको सकारात्मक प्रभावस्वरूप होटल थप भइरहेको हानको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.