किमको असल चिठी आएको छ : ट्रम्प

किमको असल चिठी आएको छ : ट्रम्प

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको असल चिठी आएको बताएका छन्। उनले नेता किम आफ्नो प्रतिबद्धतामा रहेको भन्दै खुशी व्यक्त गरेका छन्।

यसबाट उत्तर कोरिया शान्तिको पक्षमा रहेको ट्रम्पको भनाइ छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यो निकै महत्वपूर्ण भएको पनि दाबी गरेका छन्। यद्यपि पत्रमा के लेखिएको छ भनेर ट्रम्पले विस्तृत जानकारी दिन चाहेनन्। पत्र राम्रो रहेको र आफूहरूबीच आपसी प्रेम र सद्भाव भएको पनि उनले चर्चा गरे। भियतनामको हनोईमा फेब्रुअरीमा भएको शिखर वार्ता असफल भएको अनुमान गरिए पनि तेस्रो बैठक बस्न तयार भएको ट्रम्पले बताएका छन्। भविष्यमा वार्ता हुन सक्ने उनको स्पष्टोक्ति छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले पनि नयाँ शिखर वार्ताको समर्थन गरेका छन्।

ट्रम्पले उत्तर कोरियासँग कूटनीतिक सम्बन्धमा सफलता मिलेको पनि बताएका छन्। सम्बन्ध अझै उचित दिशामा अघि बढ्ने उनको दाबी छ। उनले भने, ‘म राष्ट्रपति भएपछि कुनै महत्वपूर्ण क्षेप्यास्त्र परीक्षण भएको छैन। त्यसअघिको स्थिति बिल्कुलै फरक थियो। स्थिति पूरै डामाडोल थियो। अब हाम्रो सम्बन्ध निकै राम्रो भएको छ।’

उत्तर कोरियाले वार्ता गर्न चाहेका बेला आफूहरू पनि तयार रहेको बोल्टनले ‘वाल स्ट्रीट जर्नल’सँग बताएका छन्। केही दिनअघि उनले क्षेप्यास्त्र परीक्षण गरेर उत्तरले सन्धि उल्लंघन गरेको भन्दै विरोध गरेका थिए।

मंगलवार मात्रै उत्तर कोरियाले शत्रुतापूर्ण नीति फिर्ता लिन अमेरिकासँग आग्रह गरेको थियो। अमेरिकाले घमण्डी र एकपक्षीय नीति लिएमा आफूले सहकार्य गर्न नसक्ने उत्तर कोरियाले चेचावनी दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.