मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सर्लाही : सर्लाहीको हरिपुर नगरपालिकामा गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन्। हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना २५ प ६९२२ नंको मोटरसाइकल र ज २ प ७८८६ नंको मोटरसाइकल एकापसमा गएराति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै  मोटरसाइकल चालक हुन्।

दुवै मोटरसाइकलमा चालकसहित तीन/तीन जना बसेका थिए। मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए। ना २५ प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन्। दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज २ प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ। 

पोखरीमा युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ। फेला परेको शव मलङ्गवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ। ना २ ह १२२३ नंको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो।
 
मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ। शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब राठोरले जानकारी दिए। मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयवासीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.