गाउँमा श्रम बैंक

गाउँमा श्रम बैंक

कालिकोट : रास्कोट नगरपालिका ४ निवासी २४ वर्षीय खेमराज संज्याल श्रम रोजगार बैंकको सदस्य छन्। उनी सडकको नाली बनाउने, देवाल बनाउने र ढुंगा फुटाउने काममा व्यस्त छन्। गाउँमा रोजगारीको विकल्प नहुँदा कालापहाड गएर जीवीका चलाउदै आएका उनी रास्कोट नगरपालिकाले युवाहरुलाई रोजगारी दिन श्रम रोजगार बैंकको स्थापना गरेपछि त्यसमा आबद्ध भएर काम गरिरहेका छन्।

नगरपालिकाको स्यूना शेराचौर सडकमा काम गरिरहेका संज्यालले भने, ‘बिएड पढ्दैछु, पढाई खर्चको जोहो गर्न नसक्दा धेरै समस्या भोगें। खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता थियो, अहिले गाँउमै काम पाएको छु।’ उनी शैक्षिक प्रमाणपत्र बाकसमा थन्काएर सडकमा ढुंगा फुटाइरहेका छन्। नगरले ५० बर्षसम्म यसै रोजगार बैंकको सदस्य भएर काम गर्न दिने कार्यबिधि बनाएको छ।

यस्तै रास्कोट नगरपालिका वडा नम्बर २ सिप्खानाका प्रभुराज सिंम्खाडाको कथा उस्तै छ। उनी पनि अहिले बिएड पढिरहेका छन्। कक्षा १२ सम्म पढ्नकै लागि खर्च जुटाउन बर्षेनी भारत जान्थे। तर परदेशबाट कमाएर ल्याएको पैसाले १२ कक्षा पास त गरे। रोजगारी भने पाएनन्। उनी हिजोआज जागिर खाने सपना र बिदेशको कडा परि श्रम बिर्सेर आफ्नै गाउँमा पसिना बगाइरहेका छन्।

आरसीपी बजार नजिक सडक छेउमा ढुंगा फुटाउदै गर्दा भेटिएका सिम्खाडाले भने, ‘गाउँमा कुनै रोजगारी मिलेन, धेरै दुःख पाइयो। प्रमाणपत्र बिकाउन सकिएन, तर अहिले नगरपालिकाले नै काम दिएको छ।’ काम गरेवापत युवाहरुले गाउँमै महिनामा १८ हजारसम्म कमाउने गरेका छन्।

श्रम रोजगार बैंकमा दुई सय ६० जना युवाहरु पहिलो चरण आबद्ध भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.