हत्याका अभियुक्त चार दिनपछि पक्राउ

हत्याका अभियुक्त चार दिनपछि पक्राउ

स्याङ्जा : चार दिनअघि मृत फेला परेका ५५ वर्षीय राजेश अधिकारीको हत्याका आरोपित ३९ वर्षीय लेखबहादुर सूर्यवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

भीरकोट नगरपालिका–१ मुल्कीचौपारीमा मृत भेटिएका अघिकारीलाई हथौडा एवं चिरपट दाउराले हानेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पुतलीबजार नगरपालिका–१३ का अधिकारीलाई रुपन्देही देवदह–१० घर भइ भीरकोट–१ डायमण्डचोक लेखबहादुर सूर्यवंशीले हत्या गरेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

काम गरेको पैसा माग्दा सूर्यवंशीले १÷२ दिनमा दिउँला भनेपछि अधिकारले गाली गलौज गरेको भन्दै अधिकारीलाई हथौडा र चिरपटले हानेको बताइएको छ । जेठ २६ गते राति सूर्यवंशीको प्रहारबाट घाइते अधिकारीको मृत्यु भएको हो ।

अधिकारीको शव शंकास्पद भएको भन्दै जिल्ला प्रहरी कार्यालयले पोखराबाट तालिमप्राप्त कुकुर सहितको अनुसन्धान टोली खटाइ घटनास्थलको चेकजाँच तथा अनुसन्धान गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

ककुरले देखाएको मार्ग अनुशरण गरी अनुसन्धान गर्दै जाँदा मादक पदार्थ सेवन गरी सूर्यवंशीले अधिकारीलाई प्रहार गरेको भन्ने खुलेको हो । आरोपित सूर्यवंशीलाई जिल्ला अदालतमा पेश गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सूर्यवंशी र मृतक दुवैले मादक पदार्थ सेवन गरेर झगडा हँुदा अप्रिय घटना घटेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.