सर्पको टोकाइबाट मृत्यु
मलंगवा : सर्लाहीको मलंगवामा सर्पको टोकाइबाट शुक्रबार बिहान एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका ८ बस्ने चुल्हाई साहको २५ वर्षीय छोरा कन्हाई साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घरमा सुतिरहेको अवस्थामा बिहीबार राति ११ बजेतिर साहलाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पको टोकाइबाट गम्भीर भएका साहको शुक्रबार बिहान उपचारको क्रममा सर्लाही अस्पताल मलंगवामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए।