मेडिकल कलेजको निर्माण तीब्र गतिमा

मेडिकल कलेजको निर्माण तीब्र गतिमा

धनगढी : कैलालीको गेटामा निर्माणाधिन मेडिकल कजेलको पूर्वाधार निर्माण कार्य तिब्र रुपले अघि बढेको छ। २०७७ भित्रै निर्माण सक्नुपर्ने भएकाले निर्माण कार्यले तिब्रता पाएको हो। साढे ३ अर्बको संरचना तयार भइसकेको छ। ‘२६ वटा भवन निर्माणको कामले गति लिएको छ। दोस्रो चरणको काम भइरहेको छ।’

कलेजका इन्जिनियर पवन रावलले भने, ‘ निर्धारित समयमा नै काम सम्पन्न हुने गरी काम अघि बढेको छ।’ तीन सय शैड्ढयाको अस्पताल भवन, तीन तलाको दुई वटा कलेज भवन, दुई वटा छात्रवास भवन, आठ वटा आवास भवन र प्रशासनिक भवन निर्माण भइरहेका छन्।

सातवटा प्याकेजमा संरचना निर्माण भइरहेका छन्। अस्पताल भवनको ७५ प्रतिशत, कलेज भवनको ६५ प्रतिशत, छात्रावास भवनको ५० प्रतिशत र प्रशासनिक भवनको ४० प्रतिशत काम सम्पन्न भएको छ। दुई वर्षपछि एबीबीएसको पढाई सञ्चालनमा ल्याउने उद्देश्य मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको रहेको छ। रूख कटानीको आदेश पाएपछि ०७३ वैशाखदेखि मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम सुरु भएको थियो। सुदूरपश्चिममा सरकारी मेडिकल कलेज सञ्चालन भए स्तरीय उपचार पाउने आशा सुदूरपश्चिमवासीको छ।

सुविधा सम्पन्न अस्पताल नहुँदा यस क्षेत्रका जनता उपचारका लागि नेपालगन्ज, काठमाडौं तथा भारतीय सहरमा जान बाध्य छन्। धनगढीमा केही सुविधा भएका अस्पताल सञ्चालनमा आएपनि आर्थिक अवस्था कमजोर भएका बिरामीको सहज पहुँच हुन सकेको छैन। निर्माणधिन कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउन छलफल सुरु गरिएको छ ।

भौतिक संरचना निर्माण सम्पन्न भएपछि कार्यक्रम सुरु गर्ने मेडिकल पुर्वाधार विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले बताए। ‘मेडिकल कलेज बनाउनेकी ? प्रतिष्ठान बनाउने भन्ने विषयमा छलफल सुरु भइसकेको छ’, डा. पन्तले भने, ‘अहिले शिक्षा मन्त्रालय अन्र्तगत रहेकाले दशैं अगाडि मन्त्रालयसँग छलफल गर्ने तयारी छौँ।’ उनले यस क्षेत्रका लागि प्रतिष्ठान नै उपयुक्त हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.