सिण्डिकेट हटाउने सहमतिपछि रसुवागढी सूचारु

सिण्डिकेट हटाउने सहमतिपछि रसुवागढी सूचारु

त्रिशूली, नुवाकोट : नेपाल-चीन प्रवेशका लागि हाल सञ्‍चालनमा रहेको छोटो दूरीको रसुवागढी नाका सूचारु भएको छ। जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच नाकामा सिन्डिकेट हुन नदिने, नाका व्यवस्थापन र पार्किङ व्यवस्थापनमा सहयोग गर्ने मौखिक सहमति भएपछि नाका संचानलमा आएको हो।

सहमतिसँगै आलोपालो प्रणाली पनि हटेको छ।रसुवागढी नाका व्यवस्थापन समितिले सुरु गरेको आलोपालो प्रणालीमा ८ सय ३५ थान कन्टेनर आवद्ध छन्।असमान न्याय प्रणालीलाई सुधार गरी सर्वसाधारण तथा व्यवसायीको हकका लागि बन्द कन्टेनर सेवा पुनः संचालन गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जिव अमात्यले बताए। 

रसुवागढी नाकालाई छिमेकी चीनले गत सन् २०१७ को सेप्टेम्बर १ तारिखदेखि अन्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिएको हो।

केरूङ जाने क्रममा टिमुरे क्षेत्रमा रोकिरहेका सवारीसाधन क्रमशः प्रस्थान भइरहेको सीमा प्रहरी चौकी टिमुरेले बताएको छ । शुक्रबारसम्म दुई सय कन्टेनर सामान लिन चीनको केरुङ पुगिसेका छन्। नाका सूचारु भएपछि केरूङबाट सामान बोकी आएका स्याउका ८० थान कन्टेनर नेपाल प्रवेश गरिसकेका छन्। 

रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर संचालन गरिरहेका थिए। जिल्ला प्रशासन कार्यालय रसुवाले गत साता मात्र नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै 'पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली' लागू गरेको थियो। व्यवसायीले 'पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली' अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन्। 

प्रशासनले लागू गरेको प्रणाली व्यवसायीको हितमा भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। प्रशासनले सुरु गरेको प्रणालीअनुसार नै काम हुने व्यवसायी पेम्बा तामाङले बताए। पुरानो प्रणालीका कारण लामो समयसम्म केरुङ बस्नुपर्ने, पार्किङ खर्च बढ्ने तथा बसाइँ खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नुपर्ने तथा सवारी जाम बढेको भन्दै व्यवसायीले कन्टेनर सञ्चालन रोकेका थिए।

नाकालाई तस्करमुक्त बनाउनुपर्ने र व्यवस्थित बनाउनुपर्ने व्यवसायीले बताएका छन्। 'नाका अव्यवस्थित हुँदा व्यवसायीले घाटा बेहोर्नु परेको छ,' उनले भने, 'सामग्री आयात गर्न नसक्दा कन्टेनर लिलाम हुने अवस्था आएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.