वीरगन्जको घडीअर्वा पोखरीमा सूर्य गंगा आरती

वीरगन्जको घडीअर्वा पोखरीमा सूर्य गंगा आरती

वीरगन्ज : वीरगन्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा अबदेखि गंगा आरती हुने भएको छ। यहि असार १ गते देखि घडीअर्वा पोखरी परिसरमा साताको एक दिन सूर्य गंगा आरती हुने भएको हो।

शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर सूर्य गंगा आरती परिवारले घडीअर्वा पोखरीमा साताको एक दिन गंगा आरती आयोजना गर्ने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा सूर्य गंगा आरती समितिका अध्यक्ष अशोक बैद्यले असार १ गते आइतबार बेलुकी साढे ७ बजे घडीअर्वा पोखरी परिसरमा गंगा आरतीको शुभारम्भ प्रदेश-२ का प्रमुख रत्नेश्वरलाल कायस्थले गर्ने जानकारी दिए।

त्यसपछि हालका लागि हरेक साताको एक दिन गंगा आरतीसहितको पूजा अर्चना गरिने जानकारी दिँदै बैद्यले असार १ गतेको गंगा आरतीमा सहभागीभइ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरे।

भारतको बनारस र  हरिद्वार, जनकपुरको गंगासागर जस्तै वीरगन्जको घडीअर्वा पोखरी परिसरमा पनि हरेक साताको एक दिन गंगा आरतीसहितको पूजा अर्चना गरिनेछ, बैद्यले भने, 'गंगा आरतीमा पर्सा, बाराका साथै सीमावर्ती भारतको रक्सौल र त्यस आसपासका स्थानीय पनि सहभागी हुने अपेक्षा गरेका छौं।

वीरगन्ज सहरको मध्य भाग्यमा अवस्थित पर्यटकीय एवं धार्मिकस्थलको रुपमा पहिचान बनाउन सफल घडीअर्वा पोखरीको धार्मिक र पर्यटकीय पहिचानलाइ अझ प्रचार प्रसार गर्नका लागि गंगा आरती आयोजना गर्न लागिएको अध्यक्ष बैद्यले पत्रकार सम्मेलनमा जानकारी दिए।

आपसी सहिष्णुता, धार्मिक सद्भाव,  संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्धनका लागि घडीअर्वा पोखरीमा गर्न लागिएको गंगा आरतीले सकरात्मक भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष बैद्यले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.