कपडा तथा सिलाईमा भ्याट नलगाउन माग

कपडा तथा सिलाईमा भ्याट नलगाउन माग

भक्तपुर : भक्तपुरका व्यवसायीहरुले कपडा तथा सिलाईको क्षेत्रमा कार्यरत साना व्यवसायीलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन माग गरेका छन्।

सानो लगानीमा गरिएको कपडा तथा सिलाई व्यवसायमा भ्याट लगाउँदा आफू व्यवसायबाटै विस्थापित हुनुपर्ने उनीको भनाइ छ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा भक्तपुरले बिहीबार यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनिवार्य भ्याट हटाउन माग गरेको हो।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको भ्याटमार्फत् कपडा तथा सिलाई व्यवसायमा पनि भ्याट लगाउने घोषणा गरेपछि कपडा तथा सिलाई क्षेत्रका साना व्यवसायीहरु आन्दोलित भएका हुन्।

संघले बुझाएको ज्ञापनपत्रमा साना कपडा तथा सिलाई व्यवसायीलाई अन्याय हुने गरी अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने प्रावधानलाई सच्याउन माग गरिएको छ। ५० लाखभन्दा बढी कारोबार गर्ने व्यवसायीहरुलाई मात्र भ्याटमा दर्ता गर्नुपर्ने नियम बनाउन ज्ञापनपत्रमा भनिएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले आफूहरुको माग अर्थमन्त्रीसमक्ष पुर्‍याउन ध्यानाकर्षण गरे।

‘हाम्रो माग अर्थमन्त्रीसम्म पुगोस्’, उनले भने, ‘कपडा तथा सिलाई व्यवसायमा भ्याट अनिवार्य गर्दा जिल्लाजिल्लाका साना व्यवसायीहरु मारमा पर्ने निश्चित छ।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.