सडक दुर्घटनामा परी सुर्खेतमा दुईको मृत्यु

सडक दुर्घटनामा परी सुर्खेतमा दुईको मृत्यु

सुर्खेत : सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगरको यरिचौकमा गएराति भएको सवारी दुर्घटनामा वीरेन्द्रनगर-४ का नारायणदेव गिरीको मृत्यु भएको छ। उनी वीरेन्द्रनगर-२ नम्बर वडा कार्यालयका सचिव हुन्। 

        
 मुलपानीबाट यरिचौकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले गिरी सवार भे ७ प १८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो। 

प्रहरीले अटो चालक दीपककुमार साउदलाई नियन्त्रणमा लिएको छ। 

बिहिबार नै कर्णाली राजमार्गको बाँगेशीमल-बड्डीचौर सडकखण्डको गिरीघाटमा ट्याक्टर पल्टिदा सहचालक वीरेन्द्रनगर-१ बांगेशीमल निवासी रामबहादुर नेपालीको मृत्यु भएको छ।

भे १ त ५२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.