महिला सांसदलाई रगताम्मे हुने गरी थप्पड हान्ने पुरुष सांसद पक्राउ

महिला सांसदलाई रगताम्मे हुने गरी थप्पड हान्ने पुरुष सांसद पक्राउ

केन्या : केन्यामा एक पुरुष सांसदले आफ्नो चुनावी क्षेत्रमा बजेट नछुट्याएको भन्दै सहकर्मी महिला सांसदलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन् ।

सांसद रशिद कास्सिम महिला सांसद फातुमा गेडीलाई थप्प हानेको भन्दै पक्राउ परेका हुन् । आक्रमणपछि फातुको मुखबाट रगत बग्दै गरेको तस्बिर सामाजिक संजालमा भाइरल नै बनाइएको छ ।

सांसद फातुमा बजेट समितिमा सदस्य भएकाले उनलाई रशिदले आफ्नो क्षेत्रमा बजेट छुट्याउन आग्रह गर्दैआएका थिए । तर बजेट नछुट्याएपछि उनले थप्पड हानेको समाचार बिबिसीले बनाएको छ ।

रशिदले फातुमालाई गाडी पार्किङ गर्ने स्थानमा आक्रमण गरेको कुरा अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनापछि महिला सांसदहरुले आन्दोलन नै गरेका छन् । साथै थप्पड हान्ने सांसद रशिदलाई पक्राउ गरिएको बताइएको छ । सांसद रशिदले भने थप्पड हानेको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.