घरेलु मदिरासहित कच्चा पदार्थ नष्ट
स्याङ्जा : प्रहरीले भीरकोट र पुतलीबजार नगरपालिकाका केही ठाउँबाट २ सय ५० लीटर घरेलु मदिरा र १ हजार २ सय १० लीटर मदिरा उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ नष्ट गरेको छ।
अवैध मानिएको घरेलु उत्पादनलाई नष्ट पार्ने अभियानले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत पुतलीबजार नगरपालिका १३ र भीरकोट नगरपालिकाका १ र ६ नम्बर वडाबाट ठूलो परिणाममा अवैध घरेलू मदिरा नष्ट गरेको हो।
प्रहरीलाई दिइएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट खटिएका प्रहरी अधिकृत सहितको टोलीले तयारी मदिरासहित कच्चा पदार्थ समेत नियन्त्रणमा लिई नष्ट स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।