एनसेल फोरजीमा डबल डेटा अफर

एनसेल फोरजीमा डबल डेटा अफर

काठमाडौ : एनसेल प्राइभेट लिमिटेडले डेटामा आकर्षक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन्। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र ३० दिनको गज्जबको डेटा प्याक खरिदमा बोनसस्वरूप फोरजी डेटा भोल्युम प्राप्त गर्न सक्नेछन्।

यो अफर जेठ ३० गतेदेखि लागू भएको छ। देशका १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो।

यो योजनाअन्तर्गत सात दिनको ५०० एमबी डेटा र ३० दिनको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोल्युम बराबरको फोरजी डेटा बोनस पाउनेछन्। यो अफरमा ग्राहकले ३ जीबी डेटाकै शुल्कमा ६ जीबी डेटाको मज्जा लिन सक्नेछन्।

सात दिनको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन्। एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित ९५.७७ मा सुचारु गर्न सक्छन्। यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन्।

बोनसको लाभ लिन ग्राहकले फोरजी सपोर्ट गर्ने ह्यान्डसेट, यू सिम र फोरजी नेटवर्क पहुँचमा हुनुपर्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.