ब्राउन सुगरसहित कैलालीमा एक पक्राउ

ब्राउन सुगरसहित कैलालीमा एक पक्राउ

धनगढी : कैलाली प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। उनलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। मलद्वारमा लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका धनगढी उपमहानगरपालिका-२ का ३७ वर्षीय सन्देश न्यौपाने पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानतकारी दिए।

भारतबाट लागुऔषध खरिद गरी नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा चेकजाँचको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

'ब्राउन सुगर ल्याउँदै गरेको सूचना आएपछि चेक जाँचका क्रममा न्यौपानेले मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि सेती अञ्चल अस्पतालमा चिकित्सकको सहयोगमा निकालेको हो,' प्रहरी उपरीक्षक गिरीले भने। पक्राउ परेका न्यौपानेको साथबाट से ५ प १२८५ नम्बरको मोटरसाइकल पनि निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.