भिभिआईपी महिला नेता : जसलाई 'यौनकर्मी' भन्दै गस्सिप बनाइयाे

भिभिआईपी महिला नेता : जसलाई 'यौनकर्मी' भन्दै गस्सिप बनाइयाे

काठमाडाैं : केन्यामा हालै एक महिला सांसद फातुमा गेडी अलीलाई अर्का पुरुष सांसदले थप्पड हानेपछि फातुमाको रगताम्मे मुख सहितको तस्बिर भाइरल नै बनेको छ ।

त्यसो त, फातुमा यसअघि पनि विवादमा आइरहने महिला नेता हुन् । केही महिनाअघि मात्रै उनको बारेमा एउटा यस्तो समाचार आयो कि, झण्डै उनको राजनीतिक करिअर नै धरापमा परेको थियो ।

फातुमाको सेक्स टेप सार्वजनिक भएको हल्ला समाचारकै रुपमा फैलियो । कानुन व्यवसायमा सक्रिय रहेकी उनी आफ्नै सहकर्मीसँग सम्बन्ध राखेको भन्दै केन्या र बाहिर पनि सामाजिक संजालमा खुबै फैलियो ।

यतिसम्म कि, उनको वास्तविक अनुहार र उक्त ‘बेड सिन’को तस्बिर जोडेर सामाजिक संजालमा व्यापक चर्चा गरियो । यथार्थमा फातुमासँग अनुहार मिल्ने सम्सो सिगो वालन नामकी यौनकर्मीको तस्बिर थियो त्यो ।

केही दिनमै उक्त समाचार झुटो भनेर समाचार आउन थाल्यो । कतिपय युट्युब च्यानलले त यसबारे अन्तरवार्ता नै लिन थालेपछि उनलाई तनाबमा पारेको थियो ।

क्रोएसियाली राष्ट्रपति किलिन्दा ग्रेब :

गत वर्ष रुसमा भएको विश्वकप फुटबल चलिरहँदा एक भिभिआईपी अचानक अनौपचारिक भ्रमणकै रुपमा खेलमैदानको प्यारापिटमा देखापरेको समाचारले विश्वभर महत्व पायो ।

खासमा उनी थिइन्, क्रोएसियाली राष्ट्रपति किलिन्दा ग्रेब । ४७ वर्षीया ग्रेबले आफ्नो टीमका खेलाडीलाई अंकमाल गर्दै ढाडस पनि दिइन् । त्यसबेला उनको अनौपचारिक शैलीको जति चर्चा भयो, त्यसभन्दा बढी उनलाई अमेरिकी मोडेलसँग जोडेर गस्सिप बनाइयो ।

खासगरी अमेरिकी मोडेल कोको अस्टिनको बिकिनी फोटो नै ग्रेबको हो भन्दै थुप्रै संचारमाध्यममा समाचार बनाइए । यसको खण्डन त उनले गरिनन् । तर त्यो तस्बिरले धेरैलाई भ्रममा भने पार्यो । यतिसम्म कि, उनलाई सामाजिक संजालमा पोर्नस्टारको रुपमा पनि चितृत गरियो । खासमा उनको अनुहार अमेरिकी मोडेल कोकोसँग मिल्ने चाहीँ छ । युट्युब तथा फेसबुक, ट्वीटरमा कोको र ग्रेबका तस्बिर जोडेर व्यापक प्रचार हुँदा उनलाई निकै अप्ठ्यारो परेको थियो ।

बेलायती प्रधानमन्त्रीको पदबाट राजिनामा दिएकी टेरेसा मे पनि लामो समय विवादमै रहेकी नेतृ हुन् । उनी ब्रेक्जिट नीतिका कारण मात्रै विवादमा रहिनन् । एक पोर्नस्टारसँग नाम जोड्नाले झनै तनाब भयो उनलाई ।

खासमा टेरेसा नामकी एक पोर्नस्टार छिन् । उनै टेरेसालाई ट्वीटरमा धेरैले बेलायती प्रधानमन्त्रीकै रुपमा बधाइ तथा शुभकामना दिएका थिए । सामाजिक संजालमा भाइरलकै रुपमा शुभकामना र बधाइ सन्देशले पोर्नस्टार टेरेसा मेलाई त अचम्भित तुल्यायो नै, वास्तविक प्रधानमन्त्री टेरेसालाई भने तनाब मात्रै दियो । त्यसो त दुबै टेरेसा मेको नामसँगै अनुहार पनि केही मिल्दोजुल्दो नै देखिन्छ । जुन समानता नै अन्ततः अप्ठ्यारो सावित भयो ।

-एजेन्सीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.