नेपालगन्जमा सात वर्ष यताकै उच्च गर्मी

नेपालगन्जमा सात वर्ष यताकै उच्च गर्मी

नेपालगन्ज : मनसुन सुरु नहुँदा नेपालगन्जमा अत्याधिक गर्मी महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार २३ र २४ जेठमा २०.२ मिलिमिटर वर्षा हुँदा केही साता सामान्य भए पनि एक साता यता गर्मी बढेको छ। 

कार्यालय प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार औसत जुन १० मा नेपालमा मनसुन सुरु भइसक्छ। समयमा मनसुन सुरु नहुँदा गर्मी बढेको हो। शुक्रबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। तर धेरै गर्मी महसुस भएको छ। 

विगत सात वर्ष यता नेपालगन्जमा यो वर्ष सबैैभन्दा बढी गर्मी भएको छ। यो वर्ष ११ र २० मे मा दुई पटक अहिलेसम्मकै सर्वाधिक तापक्रम ४३.५ डिग्री सेल्सियस मापन गरिएको थियो। 

विगत एक महिनादेखि नेपालगन्जमा तातो हावा (लू) चलिरहेको छ। दिउँसो सहर र गाउँमा चहलपहल न्यून हुने गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.