यस्ता छन् रक्तदानसँग जोडिएका भ्रम

यस्ता छन् रक्तदानसँग जोडिएका भ्रम

काठमाडौं : डब्ल्युएचओको भनाइ पत्याउने हो भने धेरैजसो रक्तदान स्वस्थ व्यक्तिले गर्छन्। विश्वभरि नै रक्तदान गरिन्छ। सकेसम्म धेरै व्यक्तिले रक्तदान गरुन् भनेर प्रेरित गर्न जनचेतना फैलाइन्छ। हुन त रक्तदान गर्दा कैयौं नियम पालन गर्नु पर्छ। तर, रक्तदानबारे केही भ्रम पनि फैलिएका छन्, जुन धेरै मानिस पत्याउँछन्। 

शाकाहारीले रक्तदान गर्न सक्दैनन् 

एउटा सर्वेक्षणका अनुसार कैयौं मानिस शाकाहारीले रक्तदान गर्न नसक्नेमा विश्वास गर्छन्। यसलाई रगतमा आइरनको कमीका रूपमा पनि अथ्र्याउने गरिन्छ। रगतमा पाइने प्रमुख तत्वमध्ये आइरन एउटा हो, जुन शाकाहारी भोजनबाट थोरै मात्र पाइन्छ।

तर जबसम्म हामी सन्तुलित भोजन गर्छौं, तबसम्म हामी पर्याप्त आइरन पाइरहन्छौं। तर हाम्रो शरीरमा वा रगतमा पर्याप्त आइरन छैन भने हाम्रो सुरक्षा दृष्टिगत गरी रक्तदान गर्न अनुमति दिइन्न। 

विश्वका कतिपय देशमा त रक्तदान गर्न गएका व्यक्तिको रगतमा हेमोग्लोबिनको मात्रासमेत परीक्षण गरिन्छ। यदि रगतमा हेमोग्लोबिनको मात्रा हुनुपर्नेभन्दा थोरै छ भने उसलाई रक्तदान गर्न योग्य मानिँदैन।

ट्याटु खोपेकाले रक्तदान गर्नु हुँदैन

शरीरमा ट्याटु खोपेका र विभिन्न अंग छेडेका व्यक्तिले पनि रक्तदान गर्न पाउँछन् तर केही समय पर्खनु पर्छ। दाँतका बिरामी र दाँतको उपचार गराइरहेका व्यक्तिले रक्तदान गर्न केही समय प्रतीक्षा गर्नु पर्छ।

डब्लुएचओको रक्तदानसम्बन्धी निर्देशिकाअनुसार ट्याटु खोपेको ६ घण्टापछि र अंग छेडेको १२ घण्टापछि रक्तदान गर्न सकिन्छ। त्यस्तै दाँतको उपचार गरेको २४ घण्टापछि मात्र रक्तदान गर्न पाइन्छ।

बिरामी र गर्भवतीले रक्तदान गर्न पाइँदैन

यो भनाइ भने साँचो हो। एचआइभी (एड्स भाइरस संक्रमित), हेपाटाइटिस, सिफलिस, क्षयरोगका बिरामीले पनि रक्तदान गर्न पाइँदैन।

रक्तदान गर्नुभन्दा १४ दिनअघि नै रक्तदाता कुनै पनि किसिमको संक्रमणबाट मुक्त वा निको भैसकेको हुनुपर्छ। कुनै औषधि सेवन गरिरहेको भए रक्तदान गर्नुभन्दा ७ दिनअघि औषधिको सबै कोर्स सकिएको हुनुपर्छ।

औषधिसम्बन्धी नियम भने देशअनुुसार निर्भर हुन्छ। विभिन्न देशले आफूअनुकूल नियम बनाउन सक्छन्। गर्भवती, स्तनपान गराउने महिला वा भर्खर सुत्केरी भएका वा भर्खर गर्भपतन गराएका महिलाले भने रक्तदान गर्नुअघि रगतमा आइरनको मात्रा परीक्षण गराउन केही समय प्रतीक्षा गर्नुपर्छ।

भारतमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स नियन्त्रण संगठन (नाको) का अनुसार रक्तदान गर्न गर्भवतीले १२ महिना र गर्भपतन गरेकाले ६ महिना पर्खनुपर्छ।
तर रजस्वला भएका महिलालाई भने रक्तदान गर्न कुनै बन्देज छैन। भारतमा रक्तदान गर्न कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ। अमेरिकामा भने १६ वर्ष पुगेकाले रक्तदान गर्न सक्छन्। यो नियम भने देशअनुसार फरकफरक हुन्छ।

जोखिमपूर्ण गतिविधि

विश्व स्वास्थ्य संगठनले केही मानवीय गतिविधिलाई रक्तदानका लागि अत्यधिक जोखिमको श्रेणीमा राखेको छ। यस्ता जोखिमपूर्ण गतिविधिमा संलग्नले रक्तदान गर्न पाउँदैनन्। संगठनले यस्तो वर्गमा यौनकर्मी र आपसमा यौन सम्पर्क गर्ने पुरुषहरूलाई राखेको छ। रक्तदान गर्दा एक जनाबाट रगत निकाल्न प्रयुक्त सुइ अर्को जनाका लागि पनि प्रयोग नहोस् भन्नेमा विशेष ध्यान दिनु पर्छ।

रक्तदान गर्दा शरीरबाट रगत नै रित्तिन्छ

रक्तदान गर्दा शरीरको सबै रगत सकिन्छ भन्नु भ्रम मात्र हो। सामान्यतया एक जना वयस्कको शरीरमा करिब ५ लिटर रगत हुन्छ। रगतको मात्रा शरीरअनुसार घटीबढी हुन्छ। खासगरी रगतको मात्रा शरीरको वजनमा पनि भर पर्छ। 

एकपटक रक्तदान गर्दा करिब ४ सय ५० मिलिलिटर रगत हाम्रो शरीरबाट निकालिन्छ। यति रगत एक जना स्वस्थ व्यक्तिको शरीरले २४ देखि ४८ घण्टामा बनाइसक्छ।
अमेरिकामा एक वर्षमा १२ पल्ट रक्तदान गर्न पाइन्छ अर्थात् ४ साता वा महिनामा एकपल्ट। भारतमा भने पुरुषले ३ महिनामा एकपल्ट र महिलाले ४ महिनामा एकपल्ट रक्तदान गर्न पाउँछन्।

तर प्लेटलेट्स दानको कुरा गर्दा एक वर्षमा २४ पल्टसम्म गर्न पाइन्छ।

कसले रक्तदान गर्न सक्छ ?

–पूर्ण स्वस्थ व्यक्ति,

–शरीरको वजन कम्तीमा ५० किलोग्राम र बढीमा १ सय ६० किलोग्रामसम्मका व्यक्ति,

–उमेर कम्तीमा १८ देखि ६६ वर्ष ननाघेका व्यक्ति (उमेर देशअनुसार फरक हुन सक्छ),

–गर्भवती नभएका र स्तनपान नगराउने महिला,

–एचआइभी संक्रमण र एसटिडी (सेक्सुअली ट्रान्समिटिङ डिजिज) नभएका व्यक्ति।

नेपालमा कसले रक्तदान गर्न पाउँछन् ?

नेपाल रक्तदाता संघका अनुसार सामान्यतया १७ वर्ष पुगेका र ६० वर्षसम्मका व्यक्तिले रक्तदान गर्न पाउँछन्। रक्तदान गर्नेको शारीरिक वजन ४५ किलोग्राम हुनुपर्छ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्रामभन्दा बढी हुनुपर्छ। 

–रुघाखोकी लागेको व्यक्तिले निको भएको २४ घण्टापछि र जाँड/रक्सी खाएकाले कम्तीमा १२ घण्टापछि मात्र गर्न पाउने।

–दाँतका सामान्य बिरामी जस्तै भर्खर दाँत सफा गराएका, भरेका र उखेलेका व्यक्तिले रक्तदान गर्न सक्ने तर दाँतको शल्यक्रिया गरेका व्यक्तिले ७२ घण्टापछि रक्तदान गर्न सक्छन्।

–नाक÷कान छेडेका व्यक्तिले सुई वा बन्दुकबाट वा डक्टरसँग छेडेको भए त्यस्ता व्यक्तिले रक्तदान गर्न पाउँछन्। अन्यथा कुनै पनि अंग छेडेका व्यक्तिले छेडेको एक वर्षसम्म पर्खनुपर्छ।

–मलेरिया निको भएको ३ वर्षपछि र सामान्य प्रसूति भएको ६ सातापछि रक्तदान गर्न पाइन्छ।

–ब्रोङकाइटिस पूर्ण रूपमा निको भैसकेको ४ साता (एक महिना), गनोरिया र सिफलिसका बिरामीले रोग निको भएको एक वर्षसम्म पर्खनुपर्ने कसले गर्न पाउँदैनन् ?

–एचआइभी एड्स संक्रमित, नियमित औषधि सेवन गर्नुपर्ने दमका बिरामी, क्यान्सरका रोगी, कोलाइटिसका बिरामी र कोलोस्टोमी गरेका तथा विस्मृति (डिमेन्सिया) का बिरामीले रक्तदान गर्न पाउँदैनन्।

–नियमित औषधि सेवन गर्नुपर्ने रक्तचापका बिरामीले गर्न नपाउने। रक्तदान गर्नका लागि रक्तचाप १६०/९० देखि ११०/७० हुनुपर्छ।

–फोक्सोका गम्भीर बिरामी, कुष्ठरोगी, लागुपदार्थका दुव्र्यसनी, प्रोस्टेटका बिरामी, सिकलसेलका बिरामी र धुमपान गर्नेले रक्तदान गर्न पाउँदैनन्। मस्तिष्कघात भइसकेका व्यक्तिले पनि रक्तदान गर्न पाउँदैनन्

कति समयमा कतिपल्ट रक्तदान गर्न पाइन्छ ?

एक वर्षमा ४ पल्ट मात्र रक्तदान गर्न पाइन्छ। तर महिलालाई भने वर्षमा २ पल्ट मात्र रक्तदान गर्न रक्तदाता संघले सुझाव दिएको छ। एकपल्टमा ४ सय मिलिलिटर मात्र रगत दिन पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.