पूर्वमन्त्री पौडेलको निधनप्रति नेकपाको श्रद्धाञ्जलि

पूर्वमन्त्री पौडेलको निधनप्रति नेकपाको श्रद्धाञ्जलि

काठमाडौं : पूर्वमन्त्री धनिराम पौडेलको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शोक वक्तव्य जारी गरेको छ। 

पार्टीका केन्द्रीय सदस्य पौडेलको निधनले नेकपालाई अतुलनीय क्षति पुगेको अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

५३ वर्षीया पौडेलको हृहृदयघातका कारण शुक्रबार बिहान चितवनमा निधन भएको थियो। घर निर्माणका क्रममा काम गर्दागर्दै शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृहृदयघात भएको थियो।

शोक वक्तव्य

आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनिराम (डिआर) पौडेलको ५३ वर्षको उमेरमा हृदयघातका कारण दुःखद् एवं असामयिक निधन भएको छ। हाम्रो पार्टी कमरेड धनिराम (डिआर) पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि.सं. २०२३ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका क. धनीराम (डिआर) पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो। नेकपा (चौथो महाधिवेशन)को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०५१ मा तात्कालिन अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत बन्नुभएको थियो।
२०३८ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो। उहाँ अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो। बिगतमा लामो समय उहाँले पार्टीको वैचारिक मुखपत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो। 

२०५१ साल कात्तिक २१ गते कमरेड गंगा बेल्बासेसँग उहाँको जनवादी विवाह भएको थियो। उहाँका दुई छोरी जागृति र आकृति सहित बुबा, आमा, एक भाइ र सात दिदी–बहिनी हुनुहुन्छ। 

तत्कालिन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को पोलिट्व्युरो सदस्य हुनुहुन्थ्यो। उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै २०७० सालको संविधान सभामा सभासद् र शिक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो। उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यका रुपमा शिक्षाको नीति–निर्माणसहित दिवाकर स्मृतिग्रन्थ पुस्तकको सम्पादन गरिरहुनुभएको थियो। हाल उहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का बीच एककीकरण पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुनुहुन्थ्यो। 
सादा र सरल जिवनशैली अपनाउँदै आउनुभएका पौडलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनष्टि आन्दोलनमा अपुरणीय क्षती भएको छ। यस शोकको घडीमा क. धनिराम (डिआर) पौडेल प्रती हाम्रो पार्टी पुनस् भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।
३१ जेठ, २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.