ब्राउनसुगरसहित पक्राउ

ब्राउनसुगरसहित पक्राउ

नेपालगन्ज : लागुऔषध ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गर्दा एक युवा पक्राउ परेका छन्। बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–२ का २६ वर्षका स्वरुप खत्री मलद्वारमा लुकाएर ल्याउँदै गरेको २३ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

शुक्रबार साँझ साढे ६ बजेतिर सीमा नाका जमुनाहामा चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले खत्रीलाई नियन्त्रणमा लिएको हो। 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले परिणाम धेरै भएकाले लागू औषध कारोबारी भएको हुनसक्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.