सुडानमा शान्ति सम्झौतापछि पनि ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा
सुडान : दक्षिणी सुडानमा यहाँको ६० प्रतिशत जनसंख्या चरम भोकमरीको चपेटामा परेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।
सरकार र संयुक्त राष्ट्रसंघीय तीनवटा संस्थाले निकालेको तथ्यांक अनुसार शान्ति सम्झौताको ९ महिनापछि शुक्रबार सार्वजनिक भएको उक्त रिपोर्टमा यस्तो बताइएको हो ।
रिपोर्टका अनुसार झण्डै २ लाख जनता भोकमरीमा छन् । सुडानमा युद्धको क्रममा ४ लाख मान्छे मारिएपछि भोकमरीको तथ्यांक यस्तो डरलाग्दो आएको हो । यदी यही अवस्था निरन्तर रहेको खण्डमा २१ लाख मानिस भोकमरीको चपेटामा पर्ने भन्दै खाद्य सम्बन्धी कार्यरत निकायले सचेत गराएका छन् ।