राष्ट्रिय नुवाकोट गोल्ड कपको उपाधि आयोजकको पोल्टामा

राष्ट्रिय नुवाकोट गोल्ड कपको उपाधि आयोजकको पोल्टामा

नुवाकोट : बलियो प्रतिद्वन्द्वी संकटा क्लबलाई पराजित गर्दै घरेलु समूह नुवाकोट ११ ले दोस्रो राष्ट्रिय नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। ए डिभिजन क्लव संकटालाई ट्राइब्रेकरमा पराजित गर्दै घरेलु टोली नुवाकोटले शुक्रबार सम्पन्न फाइनल खेलमा उपाधि कब्जा गरेको हो।

बलियो संकटालाई घरेलु समूह नुवाकोट ११ ले टाइब्रेकरमा ३ विरुद्ध ५ गोलले पराजित गरेर उपाधि उचालेको हो। निर्धारित खेल अवधिमा एक-एक गोलको बराबरी भएपछि खेलको टुंगो टाइब्रेकरमा भएको हो। 

खेलको २३ मिनेटमा संकटाका पुजन उपरकोटीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। नुवाकोट ११ का लागि विदेशी खेलाडी भिक्टोरले गोल गर्दै खेललाई बराबरीमा बनाए। विजेता नुवाकोटले ६ लाख हात पार्यो भने उपविजेता संकटाले तीन लाख पायो। 

नुवाकोट ११ का गोलरक्षक अर्पण कार्की म्यान अफ दि म्याच बने। उनले नगद १० हजार पुरस्कार जिते। 

प्रतियोगितामा नुवाकोट ११ का मुख्य प्रशिक्षक देवनारायण चित्रकारले उत्कृष्ट कोचको उपाधिसहित नगद २० हजार रुपैयाँ पाए। विजेता नुवाकोटका रुपेश केसीले उत्कृष्ट खेलाडी बापत ५० हजार रुपैयाँ हात पारे। 

विजेता नुवाकोट ११ लाई अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे। उपविजेता संकटा क्लवलाई विदुर नगरपालिकाका मेयर सन्जु पण्डित र उपमेयर गीताकुमारी दाहाल अर्यालले पुरस्कृत गरे।

 प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा गरेको हो।  प्रतियोगिताको दोश्रो संस्करमा देशभरका राष्ट्रियसहित १० टिमको सहभागिता रहेको थियो। खेल जेठ २२ मा सुरु भएको थियो।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.