सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन अस्पतालमा वेडभर्ना भएकी थिइन्। लगातार ‘ब्लडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ पाउण्ड रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले जानकारी दिए। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही जानकारी दिएको छैन । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ।
प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरेका छन्।
उता जिल्ला प्रहरी कार्यालयले दुवै पक्षबीच सहमति भएको जानकारी दिएको छ। घटनाको अनुसन्धान गरी छानविन गर्नका लागी माथि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउँछौ’ प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले भने ‘यदि डाक्टर दोषी देखिएमा कारवाही गर्ने र पीडित पक्षलाई राहतको लागि प्रदेशमा लेखेर पठाउने सहमति भएको छ।’ त्यस्तै अमरगढी नगरपालिकाले कार्यपालिकामा राहतको लागी छलफल गर्ने समेत सहमति भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.