लुकेको सभ्यता ब्यूँत्याउँदै ‘भोटेकोसी’

लुकेको सभ्यता ब्यूँत्याउँदै ‘भोटेकोसी’

काठमाडौं : भोटेकोसी भन्नेबित्तिकै धेरैको मानसपटलमा ‘बन्जी जम्पिङ’ गर्ने स्थान नै आउँछ। भोटेकोसीको स्वच्छ पानी र ठूलाठूला चट्टान याद आउँछ। त्योबाहेक उक्त क्षेत्र वरपरका गढी, लिस्तिकोट र फुल्पिङकट्टीका सभ्यता धेरैका लागि बिरानो छ।

भोटेकोसी भाषा, संस्कृति, मौलिक परम्परा र इतिहासमा निकै धनी छ। तर काठमाडौंको आँखाले त्यहाँका सभ्यता अझै देख्न र महसुस गर्न पाएको छैन। यति बेला पाटन संग्रहालयमा ‘भोटेकोसी सभ्यताको सौन्दर्य’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ। यो प्रदर्शनीबाट भोटेकोसी नदीको वरिपरि विकास भएको सभ्यता उजागर गर्ने प्रयत्न गरिएको छ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण उक्त क्षेत्रलाई पर्यटकीय स्थल बनाउन प्रयास गरिँदै छ। ‘तातोपानी नाका भन्सार खुलेलगत्तै गाउँमा उत्साह थपिएको छ’, उनले भने, ‘पर्यटक आकर्षित गर्न भोटेकोसीमा ‘होम स्टे’देखि बाटोघाटोको समेत राम्रो व्यवस्था हुँदै छ।’ जनजाति बाहुल्य भोटेकोसीले अब सांस्कृतिक समृद्धितर्फ अगाडि बढ्न खोजेको उनी बताउँछन्।

चित्रकला प्रदर्शनीमा १५ कलाकारका ३१ चित्र समावेश छन्। पेन्टिङमा भोटेकोसी सेरोफेरोको फुल्पिङकट्टीमा रहेको नारायण मन्दिरका मूर्तिकला छन् जुन नेपाल मण्डलका हुबहु प्रतिलिपि प्रतीत हुन्छन्।

भोटेकोसी गाउँपालिका–४ का जैमिन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपाल भन्छन्, ‘भोटेकोसीको सभ्यता संरक्षण र संवद्र्धनको अभावमा नासिँदै गएको छ।’ उक्त क्षेत्रको सभ्यता बचाउन संवेदनशील भएर लाग्नुपर्ने उनी बताउँछन्।

चित्रकारहरूले भोटेकोसीको लोकजीवन, लोकसंस्कृति, जातजाति, संस्कृति, प्रकृति, चैत्य गुम्बा आदिको स्थलगत पेन्टिङ तयार पारेका थिए। काठमाडौंबाट गएका चित्रकारले उक्त क्षेत्रको परिवेश क्यानभासमा उतारेका हुन्।

काठमाडौंलाई भोटेकोसीको सभ्यतासँग आकर्षित गराउन चित्रकला प्रदर्शनी राखिएको हो। उक्त प्रदर्शनीले नेपालमण्डलको कला संस्कृति भोटेकोसीमा कसरी स्थापित हुन पुग्यो भन्ने प्रश्नको खोजी गर्न मद्दत गर्नेमा अध्यक्ष नेपाल विश्वस्त छन्।

कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभव बाहिर ल्याउन प्रदर्शनीले मद्दत गर्ने कलाकारका संयोजक दिवेश प्रधानको भनाइ छ। भन्छन्, ‘समृद्ध नेपाल बनाउने अभियानमा कलाकारले योगदान दिनुपर्छ भन्ने मेरो उद्देश्य हो।’

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाई वैशाख ९ देखि ११ सम्म चित्र कार्यशाला गरिएको थियो। पाटन संग्रहालयमा श्री जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोसी गाउँपालिकाको आयोजनामा चित्रकला प्रदर्शनीमा ल्याइएको हो। प्रदर्शनी बुधबारसम्म चल्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.