भगवान कोइरालाको अस्पतालमा प्रितम ब्राण्ड एम्बेसडर

भगवान कोइरालाको अस्पतालमा प्रितम ब्राण्ड एम्बेसडर

इटहरी : बालगायक प्रितम आचार्य वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले खोल्न लागेको अस्पतालका ब्राण्ड एम्बेसडर बन्ने भएका छन्। 

शनिबार इटहरी आएका कोइरालाले आचार्यको घरमै पुगेर एम्बेसडर बनाउने सहमति गरेका हुन्। भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्स्मा तेस्रो बनेका आचार्यलाई बधाई दिँदै डा. कोइरालाले ब्राण्ड एम्बेसडरको करारनामा पत्र प्रदान गरे थिए।

डा. कोइरालाको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको प्रबद्र्धन गर्ने विभिन्न कार्यक्रममा आचार्य सहभागी हुनेछन्। आफ्नो बाल अस्पतालको अभियानको लागि प्रितम उपयुक्त व्यक्ति भएकोले ब्राण्ड एम्बेसडर बन्न आग्रह गरेको डा. कोइरालाले बताए।

मुटु रोगको उपचारको लागि प्रख्यात डा. कोइरालाले आफ्नो रिटायर्ड जीवन बालबालिकाको उपचारको लागि बिताउन चाहेका छन्। सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ।

कम्तीमा दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अस्पतालका लागि सरकारसँग जग्गा लिजमा लिने तयारी गरिएको छ। प्रदेश १ मा झापा या सुनसरी जिल्लामा अस्पताल खोल्ने तयारी छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.