दिउँसै मैनबती बालेर गुठी विधेयकको विरोध
काभ्रे : ‘गुठी विधेयक’को विरोधमा शनिबार काभ्रेको बनेपामा दिउँसै मैनबती बालेर विरोध प्रदर्शन भएको छ।
नेपाली कांग्रेस बनेपा नगरसमितिको अगुवाइमा भएको विरोध कार्यक्रममा सयौंको संख्यामा कांग्रेस कार्यकर्ता एवं शुभचिन्तकको उपस्थित रहेको थियो।
नेपाली कांग्रेसका केन्दीय सदस्य डा. शेखर कोइरालाले मैनबत्ती बालेर र्यालीलाई अगाडि बढाएका थिए। र्यालीमा सभगागी हुँदै डा. शेखर कोइरालाले भने, ‘सरकारले ल्याउन लागेको गुठी विधेयक नसाच्य सरकार आफैँमा अठ्रोमा पर्ने बताए।’ । र्यालीमा सबैले हात हातमा मैन बती बालेर प्रदर्शन गरेका थिए।