बाबुरामको प्रश्न : हामी लोकतन्त्रको हत्या गर्ने दिशामा जाँदैछौँ ?

बाबुरामको प्रश्न : हामी लोकतन्त्रको हत्या गर्ने दिशामा जाँदैछौँ ?

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने विषयको चर्को विरोध गरेका छन्। उनले यो विषयले आफूलाई लज्जित बनाएको उल्लेख गरेका छन्।  ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु’, बाबुरामले ट्विटरमा लेखेका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले निजी उपभोगका साधन सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध भएको भन्दै यसको विरोध गरेका हुन्। उनले सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध हुनुपर्ने तर्क अघि सारेका छन्। उनले ट्विटरमा प्रश्न गर्दै लेखेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौँ ?’

त्यसअघि बाबुरामले ट्विटरमा थप लेखेका छन्, ‘निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो सभ्य समाज र लोकतन्त्रमा कानूनी अपराध पनि हुनुपर्ने हो।’ 

फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु! निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो सभ्य समाज र लोकतन्त्रमा कानूनी अपराध पनि हुनुपर्ने हो!के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं?

— Baburam Bhattarai (@brb1954) June 15, 2019

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.