भिडियोमा गुठी  विधेयकविरुद्धको प्रदर्शन

भिडियोमा गुठी  विधेयकविरुद्धको प्रदर्शन

काठमाडौं : संसद पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीमा प्रदर्शन भइरहेका छन्। देशकै पहिचान समाप्त गर्ने ‘गुठी विधेयक’ ल्याइएको विधेयक विरोधीको दाबी छ।

 विधेयक खारेजी माग गर्दै पहिलो पटक सडक प्रदर्शनमा उत्रिएका सरोकारवालामाथि आइतबार दिउँसो प्रहरीले पानीको फोहोरा हानेर हस्तक्षेप गर्‍यो। प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’ लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।

गुठी विधेयकको विरोधमा बिहीबार पनि ललितपुरमा विशाल प्रदर्शन भयो। नेपाल गुठी संरक्षण संघसंस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा सयौंको संख्यामा सर्वसाधारण उपस्थित थिए। 

‘सम्पूर्ण गुठीयार एक हौँ’, ‘गुठी हाम्रो प्राण हो’, ‘सम्पदा मास्न पाइदैन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। गुठी विधेयक विरोधीले भूमीसुधार मन्त्रीको राजीनामासमेत माग गरेका थिए। 

त्यस्तै विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस समेत निकालियो। पाटन दरबार स्वायरबाट बेलुका ६:३० बजे मसाल जुलुस सुरु भएर करिब आधा घण्टामा सकिएको थियो।

नेपालमा गुठीको सुरुवात लिच्छविकालदेखि भएको पाइन्छ। संस्थानका अनुसार तत्कालीन राजा मानदेवका पालामा भक्तपुरस्थित चाँगुनारायण मन्दिर परिसरको शिलालेखमा गुठीको व्यवस्था गरिएको छ। गुठी विधेयक ल्याएर सरकारले भूमाफियालाई बढावा दिएको सरोकारवालाको गुनासो छ।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.