भुटानमा शिक्षक र डाक्टरको तलब सबैभन्दा धेरै

भुटानमा शिक्षक र डाक्टरको तलब सबैभन्दा धेरै

काठमाडौं : भुटान सरकारले त्यहाँका कर्मचारीमध्ये सबैभन्दा धेरै तलब शिक्षकको हुने घोषणा गरेको छ। हालै त्यहाँको सरकारले शिक्षालाई उच्चतम महत्व दिँदै यस्तो घोषणा गरेको हो।

भुटानको प्रधानमन्त्री कार्यालयको घोषणा अनुसार डाक्टर तथा नर्सलाई पनि मर्यादित र आकर्षित पेशा बनाइनेछ। यो प्रस्ताव जुन ५ मा मन्त्रिपरिषद्मा पेश गरिएको थियो।

नयाँ घोषणा अनुसार १० वर्षको अनुभव भएका शिक्षकको तलव ३५ प्रतिशतले वृद्धि गरिएको छ। १० वर्षदेखि २० वर्षसम्म अनुभव भएका शिक्षकका तलव ३५ प्रतिशत बढाइएको छ भने २० वर्ष भन्दा बढी अनुभव भएका शिक्षकका तलब ५५ प्रतिशत बढाइएको छ।

यस घोषणा अनुसार भुटानका ८ हजार ६ सय ७९ शिक्षक लाभान्वित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। तलब वृद्धिसँगै शिक्षकको योग्यता र क्षमताको आधारमा अधिकतम २० प्रतिशतसम्म थप ‘इन्सेन्टिभ ’दिइने पनि घोषणा सरकारले गरेको छ।

मेडिकल डाक्टरलाई पनि अनुभवको आधारमा ४५ प्रतिशतदेखि ६० प्रतिशतसम्म पेशागत भत्ता दिइने सरकारी घोषणा छ। नर्स र स्वास्थ्य सेवाकै अन्य कर्मचारीको तलव पनि ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म वृद्धि गरिएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.