अस्ट्रेलिया शीर्ष स्थानमा

अस्ट्रेलिया शीर्ष स्थानमा

लन्डन : साविक विजेता आईसीसी एकदिवसीय विश्वकपको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो।

विश्वकपअन्तर्गत शनिबार आफ्नो पाँचौं खेल खेलेको अस्ट्रेलियाले आठ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। अस्ट्रेलियाले दिएको ३३५ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले ४५.५ मा २४७ रन मात्र बनाउन सक्यो।

श्रीलंकाका कप्तान दिमुथ करुनारत्ने शतक बनाउनबाट तीन रनले चुके। १०८ बलमा ९७ रन बनाएका उनी केन रिचर्डसनको बलमा आउट भएका थिए। यसैगरी विकेटकिपर ब्याट्सम्यान कुसल परेराले पनि अर्धशतकीय पाली खेले। ३६ बलको सामना गरेका उनले एक छक्का र पाँच चौकाको मद्दतमा ५२ रन बनाए।

श्रीलंकाका कुसल मेन्डिसले ३०, लाहिरु थिरिमाने र धनञ्जय डी सिल्भाले समान १६ तथा एन्जेलो म्याथुजले नौ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्कले चार विकेट लिए। यसैगरी केन रिचर्डसनले पनि तीन महत्वपूर्ण विकेट लिए। यस्तै प्याट कुमिन्स दुई तथा र जासन बेरोन्डोफ एक विकेट हात पारे।

यसअघि दी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३४ रनको विशाल योगफल खडा गरेको थियो। अस्ट्रेलियाको विशाल योगफलमा कप्तान एरोन फिन्चले शतकीय तथा स्टेभन स्मिथले अर्धशतकीय पाली खेले।

आक्रामक ब्याटिङ गरेका फिन्चले एक सय ५३ रन बनाए। एक सय ३२ बलको सामना गरेका उनले पाँच छक्का र १५ चौका हिर्काए। यसैगरी स्मिथले ५९ बलमा एक छक्का र सात चौकाको मद्दतमा ७३ रन बनाए। यसैगरी ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाउँदा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले २६ र उस्मान ख्वाजाले १० रन बनाए।

श्रीलंकाका इसुरु उदाना र धनञ्जय डी सिल्भाले दुई÷दुई विकेट लिए। यस्तै लासिथ मालिंगाले पनि एक विकेट हात पारे। जारी विश्वकपमा अस्ट्रेलियाको चौथो जित हो। पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भारतसँग ३६ रनले पराजय बेहोरेको अस्ट्रेलियाले चौथो खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो।

यसैगरी पाँच खेल खेलिसकेको श्रीलंकाले भने एक खेलमा मात्र जित निकालेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटको लजास्पद हार बेहोरेको श्रीलंकाले दोस्रो खेलमा डकवर्थ एन्ड लेविस नियमका आधारमा अफगानिस्तानलाई ३४ रनले हराएको थियो। यसैगरी पाकिस्तानविरुद्धको तेस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका थिए। बंगलादेशविरुद्धको चौथो खेल पनि वर्षाले प्रभावित पारेपछि श्रीलंका अंक बाँड्न बाध्य भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.