भलिबलमा समर्पित रेश्मा

भलिबलमा समर्पित रेश्मा

काठमाडौं : भलिबलकी सुन्दरी हुन्, रेश्मा भण्डारी। रेश्माको समर्पण भलिबलमा छ, नेपालको राष्ट्रिय खेलमा। रेश्मा ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छिन्। यो विधा उनी जस्तै खेलाडीका लागि बनेको जस्तो देखिन्छ। स्पोर्ट्स अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा। सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ।

नेपालमा भलिबलको चर्चा छेडियो भने न्यु डायमन्ड स्कुलको नाम कसरी छुट्न सक्छ ? रेश्मा यहीँबाट उदाइन्। आफ्नो खेल जीवनको रफ्तार भने उनले एपीएफबाट आत्मसात् गरिन्। क्लबबाट मात्र होइन, नेपाली राष्ट्रिय टिमबाटै उनले चुमेको सफलताको सूची लामो छ। यसले उनलाई अपार खुसी छ। यही खुसीमा थपिएको हो, पिपुल्स च्वाइस अवार्डको मनोनयन।

जुन दिन मनोनयनको सूची घोषणा गरियो र जतिबेला त्यसमा उनको नाम थियो, उनले एकै स्वरमा भनेकी थिइन्, ‘यो अवार्ड मेरो लागि धेरै अगाडिदेखिको सपना हो। सानैदेखि यो अवार्डको मनोनयनमा पर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। अहिले त्यो पूरा भएको छ र यसले दिएको खुसीको त सीमा नै छैन्। अब एक खुड्किलो चढेर अवार्ड नै जितेँ भने त यो खुसी अझ दोब्बर हुनेछ।’ वास्तवमै कति धेरै रोमाञ्चित देखिन्छन्, यसलाई हेर्दा अरूलाई पनि खुसी हुन कर लाग्छ।

भलिबलमा लागेकोमा उनलाई कुनै गुनासो छैन, बरु यस खेलले उनलाई धेरै दिएको पो छ। अहिले जहा“ छिन्, जस्तो छिन्, भलिबलकै कारणले त हो नि। काठमाडौं नैकापकी रेश्माले ६ कक्षा पढ्दादेखि भलिबल खेल्न थालेकी हुन्। पछि न्यु डायमन्ड स्कुलमा भर्ना भइन् र त्यहा“कै माहोलमा भिजिन्। उनले २०६४ यता स्कुलस्तरीय प्रतियोगितामा सहभागिता जनाउन थालेकी हुन्। पा“चौं र छैटौं राष्ट्रिय भलिबल भने उनले मध्यमाञ्चलबाट खेलिन्।

एपीएफसम्मको यात्रालाई लिएर उनी भन्छिन्, ‘कपिल श्रेष्ठ गुरुले एक दिन मलाई के भन्नुभयो भने एपीएफको भलिबल टिम ००००००००००००० बनाऔं। उहा“बाट खेल्न निम्तो दिनु भयो। प्लस टु सकाएपछि मैले त्यहा“बाटै नियमित खेल्न थालेको हुँ।’ उनी सम्मिलित एपीएफले घरेलु भलिबलमा के मात्र जितेन ? वर्ष २०७५ मा एपीएफ सहभागी १० प्रतियोगितामध्ये ९ मा विजयी रह्यो। अर्को एकमा पनि उपविजेता नै रह्यो। काठमाडौंमै २०७१ मा भएको पहिलो दक्षिण एसियाली आमन्त्रण भलिबलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन्।

त्यसयता नेपाली टिमका लागि उनको यात्रा कायम छ र तय छ, उनले लामो समय नेपाली भलिबलको सेवा गर्ने छिन्। उनलाई के लाग्छ भने अहिलेसम्मको यात्रामा उनले सबैको साथ र माया पाएकी छिन्। यस्तै साथ र मायालाई उनलाई पिपुल्स च्वाइस अवार्ड जित्न पनि चाहिन्छ। भन्छिन्, ‘यो अवार्ड जित्न मलाई सबैको सधैं जस्तै उत्तिकै सहयोग चाहिन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.