९ दिने युरोप भ्रमण सकेर फर्किए  प्रधानमन्त्री ओली

९ दिने युरोप भ्रमण सकेर फर्किए  प्रधानमन्त्री ओली

काठमाडौं : ९ दिने युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किएका छन्। स्विट्जरल्यान्ड हुँदै बेलायत र फ्रान्सको भ्रमण गरी ओली आइतबार बिहान १० बजे नेपाल आइपुगेका हुन्।

विमानस्थलमा ओर्लिएपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो युरोप भ्रमण निकै फलदायी भएको दाबी गरे। उनले आवश्यक भए गुठी विधेयक सच्चाउन सरकार तयार रहेको बताए । उनले भने- 'धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने कुरा विद्येयकमा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ।’ ओलीले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमणबारे जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसमाका समामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा  अध्यक्ष गणेश तिमिल्सेना, गृहमन्त्री रामबहादुर थापालगायत विमानस्थल पुगेका थिए। 

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ)को सम्मेलनमा भाग लिनका लागि यही जेठ २५ गते शनिबार (जुन ८ मा)स्विट्जरल्यान्ड प्रस्थान गरेका थिए।  

स्विट्जरल्यान्डबाट सोमबार लण्डन पुगेका प्रधानमन्त्री ओली तीन दिन बेलायतमा बसेर बुधबार फ्रान्स गएका थिए। बेलायत बसाईका क्रममा बेलायती प्रधानमन्त्री टेरेसा मे, राजकुमार ह्यारीलगायतसँग भेटघाट गरे। फ्रान्स पुगेर उनले फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपसँग भेटघाट गरे।

 युरोप भ्रमणका क्रममा ओलीले ती देशमा रहेका गैर आवासीय नेपाली, कुटनीतिज्ञका साथै बेलायत र फ्रान्सका उद्यमीहरुसँग समेत भेट तथा छलफल गरेका थिए। भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,  परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.