समानताका लागि महिला सडकमा

समानताका लागि महिला सडकमा

जेनेभा  : स्वीजरल्यान्डका महिलाले लैंगिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन्। राजधानी बर्न लगायतका शहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि बताइएको छ। सन् १९९१ मा पनि महिलाले समानताका लागि भनेर सडकमा आएका थिए। स्वीस महिलाले लैंगिक समानताको गति तीव्र पारियोस् भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्।

आन्दोलनका आयोजक समूहले भनेका छन्, ‘स्वीजरल्यान्डमा शुक्रबार भएको प्रदर्शनमा ‘सयौँ हजारको संख्या’मा महिलाहरू परिचालित भएका दाबी गरेका छन्। स्वीजरल्यान्डको विभिन्न १६ महिलाअधिकारवादी समूहको छाता संगठन यूएसएसले भनेको छ, ‘इतिहासमा सन् २०१९ को जुन १४ राजनीतिक अधिकारका हिसाबले विशेष दिनको शुरुवात हुनेछ। दिनभर लाखौँ महिलाले हडतालमा सहभागिता जनाएका छन्।’

सन् १९१८ मा प्रथम विश्वयुद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिला सँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्किएका थिए। यद्यपि उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरेका थिए। सन् १९९१ को हडतालका बेला स्वीस सरकारमा कोही पनि महिला थिएनन् र त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन।

सन् १९९१ मा स्वीरल्यान्डको सर्वोच्च अदालतले ’अप्पेनजेल क्यान्टन’लाई महिलाहरूलाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो। अहिले यहाँको सरकारमा आठजना महिला मन्त्री बनेका छन्। तैपनि स्विजरल्यान्डमा पुरुषको तुलनामा महिलाहरूले २० प्रतिशत कम तलब पाउने गरेका प्रदर्शन आयोजक संस्थाहरूले जनाएका छन्। व्यवस्थापकीय ओहदामा महिलाको प्रतिनिधित्व कम भएकाले अझै पनि महिलाका मुद्दा छायामा परेका उनीहरूको दाबी छ। –रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.