गुठी परम्परा सामान्तवाद भन्नु 'आगोमा घिउ थप्नु' जस्तै :  लिङ्देन

गुठी परम्परा सामान्तवाद भन्नु 'आगोमा घिउ थप्नु' जस्तै :  लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले गुठी नेपाली मौलिक संस्कृति भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद लिङ्देनले गुठीमाथिको हस्तक्षेप गुठीयारमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको बताए।

उनले गुठी किरात कालबाट सुरु भएर लिच्छवी कालमा अझै परिस्कृत मौलिक संस्कृति भएको समेत बताए। उनले जंगल र सडकमा भएको बेला नेवारलाई 'नेवा राज्य' नै दिन्छु भन्नेले अहिले सत्तामा पुगेर नेवारको गुठी नै खोसिदिन लागेको आरोप लगाए।

'म सरकारलाई आग्रह गर्न चाहन्छु कि परिस्थिति बिग्रनु अगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ', उनले भने।  उपत्यका बाहिर रहेका मोहीको समेत समस्याको समाधान हुनेगरी नयाँ विधेयक पेस गर्न गर्न उनको आग्रह थियो।

सांसद् लिङ्देनले आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिड्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु 'आगोमा घिउ थप्नु' जस्तै भएको बताए। 

उनले कुनै पनि देश भूगोलले मात्र नबन्ने बताए। 'विसं २०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो, तर आज छैन। आज पनि सिक्किमको भूगोल कसैले बोकेर लगेको छैन, जहाँको त्यहीँ छ', उनले भने, 'नाम पनि उहीँ छ तर देश छैन। देश हुनको लागि भूगोलबाहेक अन्य स्थायित्वको आधारहरू पनि हुन्छ, त्यो समाप्त भएपछि देशको अस्तित्व स्वतः समाप्त हुँदो रहेछ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.