शान्ता चौधरीको प्रश्न : मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ?

शान्ता चौधरीको प्रश्न : मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले गरिबको पक्षमा कुनै व्यवस्था गर्नै नहुने भन्दै प्रमुखप्रतिपक्षी दललाई प्रश्न गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गुठी विद्येयकविरुद्धमा भइरहेको आन्दोलनलाई कांग्रेसले साथ दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्। 

‘आज गुठीयारको नाममा बोलिन्छ। एउटा मन्दिर संरक्षणका लागि गरिबले काँध पिल्स्याउँछन्, कुत बुझाएका छन्’, उनले भनिन्, ‘भोकै हलो जोत्नेको भावना हुँदैन? उनीहरूका लागि बोल्नै नहुने? केही व्यवस्था गर्नै नहुने? गणतन्त्र किन चाहियो?’

उनले धर्म, संस्कृति नेपालीको पहिचान भएको भए पनि धर्मका नाममा जनतालाई दुःख दिनु नहुने बताइन्। ‘धर्म हाम्रो आस्था हो, पहिचान हो, संस्कृति हो। तर, मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ? मैले यही प्रश्नको जवाफ खोज्दै छु’, उनले भनिन्। 

सत्ताको लामो स्वाद चाखेको कांग्रेसले प्रतिपक्षमा बस्न जे पनि गलत देखेको भन्दै उनले कटाक्ष गरिन्।

‘हाम्रो प्रतिपक्षको सत्ता बागडोर निकै लामो अनुभव छ। तर मैले नबुझेको, यो गुठी विद्येयक अहिलेको हैन २०४१ देखि २०६५सम्म संशोधन हुँदै आएको छ’, उनले भनिन्, ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि संशोधन भएकै हो। शेरबहादुर देउवा हुँदा पनि प्रक्रियामा गएको हो। यद्यपि संसद विघठन भएका कारण संशोधन हुनसकेन।’ 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.