लोकसेवाले साख जोगइ राख्नुपर्छ : राष्ट्रपति भण्डारी

लोकसेवाले साख जोगइ राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको साख, गरिमालाई उच्च राख्न सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएकी छन्। 

लोकसेवा आयोयको ६९ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले आयोगप्रतिको जनविश्वसलाई अझ समुन्नत बनाउनुपर्ने बताएकी हुन्। उनले आयोगले परीक्षा प्रणालीमा सुधार गर्दै दक्ष जनशक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति आफू विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले जनविश्वासलाई कायम राख्न आयोगले अझै उत्कृष्ट काम गर्दै जानुपर्ने बताइन्। उनले सरकार तथा सबै निकायलाई राष्ट्रको उन्नतिमा जुट्न आह्वान गरिन्। 

न्याय र समानताका अधिकारलाई स्थापित गर्न संवैधानिक निकायको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो। लोकसेवा आयोगले हालसम्म निष्पक्ष ढंगबाट काम गरेको बताउँदै उनले भविष्यमा पनि अझै उत्कृष्ट काम गर्ने उद्देश्यले अघि बढ्न आग्रह गरिन्। 

यस्तै, आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगप्रतिको विश्वास गुम्न नदिने अठोट गरे। उनले संविधान र कानुनलाई आयोगले पूर्णरूपमा कार्यान्वयन गर्ने बताए। आगामी दिनमा आयोगको कामलाई थप परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो। 

अध्यक्ष मैनालीले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहति वातावरण जरुरी हुने धारणा व्यक्त गरे। आयोगले ७७ वटै जिल्लामा आयोगले अनलाइन दर्खास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणालीको प्रयोग गरी आयोगको राजश्व खातामा पुग्ने व्यवस्था गरिएको जानकारी दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.