सार्वजनिक यातायातमा पाकेटमारको धन्दा, ८२ पक्राउ

सार्वजनिक यातायातमा पाकेटमारको धन्दा, ८२ पक्राउ

काठमाडौं : राजधानीमा विशेष कामकाजमा आएका आगन्तुक पाकेटमारको निशानामा पर्दै आएका छन्। प्रहरीले जेठ महिनामा चलाएको अपरेशनपछि यो तथ्य बाहिरिएको हो।

महानगरीय प्रहरी परिसर टेकु र मातहत प्रहरी वृत्तले एक महिना अपरेशन चलाउँदा ८२ पाकेटमार पक्राउ परेका छन्। पक्राउ मध्ये ७८ पुरुष र चार महिला छन्। सार्वजनिक यातायातमा हुने पकेटमारी धन्दामा लागेका उनीहरूलाई सादा पोशाक परिचालन गरेर नियन्त्रणमा लिएको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले दिए।

पाकेटमार पक्राउबारे जानकारी दिन आइतबार परिसर आयोजित पत्रकार सम्मेलनमा एसएसपी सुवेदीले भने, ‘काठमाडौंमा औषधोपचार गर्न आउने, विदेश जान टिकट खरिद गर्ने, विवाहमा गहना खरिद गर्नेहरू पाकेटमारको निशानामा पर्ने गरेका छन्। बढीमा दुई लाखसम्म पकेटमारी भएका छन्।’

पाँचथरका नगेन्द्र लिम्बुको बालाजुमा दुई लाख रुपैयाँ पाकेमारी गर्दागर्दै वसन्त परियार रंगेहात पक्राउ परेका थिए।

रिङरोड परिक्रमा गर्ने बसमा बढी पाकेटमारी हुँदै आएको जानकारी सुवेदीले दिए। पक्राउ परेका मध्ये सौगात मल्लले आफूलाई प्रहरी निरीक्षक र सई भन्दै पाकेटमारी गर्दै आएका थिए। अर्का लालध्वज जिम्मा भने ९ पटकसम्म पक्राउ परेका अभियुक्त हुन्।

‘दुई देखि चार जनाको समूह बनाएर सार्वजनिक बसमा पाकेट गर्ने गिरोह सक्रिय रहेको पाइयो। पैसा भएको यात्रु पत्ता लगाएर घेराबन्दी गरि पाकेटमारी गर्ने र भाग्ने गरेको देखियो', एसएसपी सुवेदीले भने, ‘पाकेटमारले सुन, मोबाइल र पैसा बढी रोज्ने गरेको देखियो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.