टुँडिखेलमा भूमे पर्वको रौनक (फोटो फिचर)
काठमाडौं : मगर समुदायले आइतबार उनीहरुको विशेष पर्व भूमे मनाएका छन्। राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमकबीच भूमे पर्व मनाएका हुन्।
मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा सजिएका थिए। टुँडिखेलमा महिला गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिएका थिए। मगर समुदायका पुरुष फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर नाचिरहेका थिए। सुनिता डंगोलले कैद गरेका तस्बिर :