सात प्रदेशले ल्याए बजेट : कसको कति ?

सात प्रदेशले ल्याए बजेट : कसको कति ?

काठमाडौं : सातवटै प्रदेशहरूले आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गरेका छन्। संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट घोषणा गरेको दुई सातापछि प्रदेशहरूले आआफ्नो बजेट घोषणा गरेका हुन्। 

आइतबार घोषणा गरिएको बजेट अनुसार सबैभन्दा धेरै बजेट प्रदेश ३ को छ। प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ८८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ कुल बजेटको ५१ दशमलव ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड ८९ लाख ९० हजार रुपैयाँ विनियोजन गरेका छन्।

आकारकै आधारमा प्रदेश ३ पछि प्रदेश १ को बजेट ठूलो छ। प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

प्रदेश २ को बजेट आकारका आधारमा तेस्रो छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेका हुन्। सरकारले प्रत्येक जिल्लामा नमुना अस्पताल निर्माणका लागि ३० करोड रकम छुट्याएको छ। प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि तीन करोड रकम विनियोजन गरेको छ।

पाँच नम्बर प्रदेश सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ। मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन्। चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ।  

आकारका आधारमा हेर्दा कर्णालीको बजेट पाँचौ स्थानमा छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब भन्दा बढीको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो। यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्बले बढी हो।

गण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ। गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालूतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट विनियोजन प्रस्ताव गरेको जानकारी दिए। प्रदेशको कूल बजेटको ६२ पूँजीगत र ३८ प्रतिशत चालूगत खर्च रहेको छ।

प्रदेशहरू मध्ये सबैभन्दा सानो आकारको बजेट सुदूरपश्चिमको छ। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। आइतबारको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन्। चालु तर्फको १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार अर्थात ४४ दशमलब ६४ प्रतिशत र पूँजीगत तर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार अर्थात ४६ दमलव ४० प्रतिशत गरी २८ अर्ब बढीको बजेट ल्याएको हो।

इन्फोग्राफिक्समा हेर्नुस् कुन प्रदेशको बजेट कति ?



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.