इटहरीमा मुक्तक उत्सव

इटहरीमा मुक्तक उत्सव

इटहरी : नेपली मुक्तकको विकास र विस्तारमा नेपाल मुक्तक प्रतिष्ठानको १ नम्बर प्रदेशमा शाखा विस्तार भएपछि पूर्वमा मुक्तकको लहर छाएको छ। 

जेठको अन्तिम शनिवार प्रतिष्ठानको शाखाले इटहरीको मेक्ट्रिक्स हलमा आयोजना गरेको समारोहमा पूर्वेली मुक्तककार खचाखच थिए। मुक्तक उत्सवका प्रमुख अतिथि रमेश पौडेलले दीपप्रज्वलन गरेपछि तीन दर्जन मुक्तककारले विभिन्न मुक्तक सुनाए।

शाखाका अध्यक्ष बाबुराम पोख्रेलको सभापतित्वमा भएको समारोका विशिष अतिथि प्राज्ञ विवश पोख्रेल, समालोचक देवीपन्थी र कृष्णविनोद लम्सालले नेपाली साहित्यमा मुक्तकको लोकप्रियताबारे चर्चा गरे। 

मुक्तक उत्सवमा शाखाका सचिव मदन भण्डारीले प्रतिष्ठानको १ नम्वर प्रदेश शाखाको गतिविधिका बारेमा सुनाए भने सदस्य राधा भट्टराईले स्वागत मन्तव्य दिइन। 

समारोहमा भूषण ढुङ्गेल, चुडामणि अकिन्चन, मन्जुश्री गिरी, दिङ्लाली कान्छो, तीला लेकाली, राजनकार्की, राधिका गुरागाई, रीताताम्राकार, गीता भट्टराई, समुद्रा शर्मा, रोमा निरौला, कविता केशरी,चन्द्रमान नीलओम, राधा नेपाल, हरी कट्टेल, पुजा आराधना, सरिता तुलाधर, मन्जु कार्की, विनिता दाहाल, अनवर अली, दिनेश पौडेल, लक्ष्मी स्मृति, माधव गोज्याङ्ग्रे, लक्ष्मीअच्युत ढुंगाना,जीवन भण्डारी, सिर्जना सरोवर, परशुराम कार्की, जमुना पौडेल, मन्जु श्रेष्ठ, प्रकाश झापाली लगायतले मुक्तक सुनाए। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.