इन्डिजसँग भिड्दै बंगलादेश

इन्डिजसँग भिड्दै बंगलादेश

ब्रिस्टल : जारी विश्वकप क्रिकेटको सोमबार हुने खेलमा वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ। उक्त खेल काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ। विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको इतिहास निकै लामो र गौरवशाली छ भने बंगलादेशको विश्वकपमा यो केवल छैटौं सहभागिता हो।

वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो भने तेस्रो संस्करणको फाइनलमा पराजित भएको थियो। त्यसयता भने वेस्ट इन्डिज फाइनलमा पुग्न सकेको छैन। बंगलादेशको भने विश्वकपमा सबैभन्दा उत्कृष्ट प्रदर्शन क्वार्टरफाइनल हो। बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।

जारी विश्वकपमा यी दुबै टोलीले पाँचौं खेल खेल्न लागेका हुन्। अंकतालिकामा दुवै टोलीको अवस्था समान छ। वेस्ट इन्डिज तीन अंकसहित तालिकाको छैटौं र समान अंक जोडेको बंगलादेश आठौं स्थानमा छन्। यी दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एक÷एक खेलमा हार भोगेका छन्। दुवै टोलीको एक÷एक खेल भने वर्षाका कारण रद्द भएको छ।

हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्यांकलाई हेर्दा भने वेस्ट इन्डिज केही बलियो देखिन्छ। यी दुई टोली हालसम्म एकदिवसीय क्रिकेटमा ३७ पटक आपसमा भिडेका छन्। २१ खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने १४ खेलको नतिजालाई बंगलादेशले आफ्नो पक्षमा पारेको छ। दुई खेल भने अनिर्णित रूपमा सकिएको छ।

यसैगरी विश्वकपमा यी दुई टोलीबीच भएको खेलमा पनि वेस्ट इन्डिज नै बलियो देखिन्छ। यसअघिका विश्वकपमा यी दुई टोलीबीच चार पटक भिडन्त भएको छ। तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने एक खेल अनिर्णित रूपमा सकिएको छ। वेस्ट इन्डिज सन् १९९९ को विश्वकपमा सात विकेट, सन् २००७ मा ९९ रन र सन् २०११ को विश्वकपमा नौ विकेटले विजयी भएको थियो। सन् २००३ को विश्वकप भिडन्त भने अनिर्णित रूपमा सकिएको थियो।

जारी विश्वकपमा यी दुवै टोलीको स्तर समान देखिन्छ। ब्याटिङ र बलिङमा दुवै टोलीले उस्तै प्रदर्शन गर्दै आएका छन्। प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न सोमबारको खेलमा यी दुवै टोलीलाई जित आवश्यक छ। यो विश्वकपमा वेस्ट इन्डिज जासन होल्डर र बंगलादेश मसरफे मोर्तजाको कप्तानीमा छन्।

आजको खेल

बंगलादेशविरुद्ध वेस्ट इन्डिज

काउन्टी ग्राउन्ड (दिउँसो ३ :१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल  : ३७ खेल

वेस्ट इन्डिज विजयी  : २१ खेल

बंगलादेश विजयी  : १४ खेल

अनिर्णित  : २ खेल

विश्वकपमा दुई टोली

कुल  : ४ खेल

वेस्ट इन्डिज विजयी  : ३ खेल

बंगलादेश विजयी  : ० खेल

अनिर्णित  : १ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.